झापामा थप एक सङ्क्रमितको मृत्यु
झापाको विर्तामोड नगरपालिका–५ मा कोरोना सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । बयासी वर्षीय वृद्धको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको विर्तामोड स्वास्थ्य शाखाका कोभिड–१९ रोकथाम तथा नियन्त्रण संयोजक ओम खड्काले बताउनुभयो ।
दमका रोगी उहाँलाई चार दिनअघि स्वास्थ्यमा समस्या आएपछि विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको थियो । उहाँका अनुसार अस्पतालले वृद्धलाई त्यहाँ उपचार सम्भव नहुने भन्दै नोबेल अस्पताल पठाएको थियो । उपचाररत वृद्धको शनिबार स्वाब सङ्कलन गरी कोरोना परीक्षण गरिएको थियो ।
आइतबार बिहान ९ बजे उहाँको रिर्पोट पोजिटभ आएको र बेलुका ५ बजे मृत्यु भएको संयोजक खड्काले जानकारी दिनुभयो । झापामा उहाँसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ भने सङ्क्रमितको सङ्ख्या ९३१ रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकलपर्सन जीवन चौलागार्इंले बताउनुभयो ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस