• जीवनशैली | Jiwanshaili
  • विराटनगरका ८२ वर्षीय वृद्धको होम आइसोलेसनमै मृत्यु


    मोरङ- कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका विराटनगरका एक वृद्धको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–५ का ८२ वर्षीय वृद्धको आज बिहान करिब साढे ६ बजे मृत्यु भएको हो।

    ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएका वृद्धको असोज १७ गते स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिएको थियो।
    १९ गते रिपोर्ट पोजेटिभ आएपछि पनि उनलाई होम आइसोलेसनमै राखिएकोमा आज बिहान साढे ६ बजे मृत्यु भएको बताइएको छ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस