• जीवनशैली | Jiwanshaili
  • निको भएको २ महिनापछि आखामा देखियो कोरोना संक्रमण


    चीनमा ६४ वर्षीया महिलामा कोरोना निको भइसकेको २ महिनापछि आखामा फेरि कोरोना संक्रमण देखिएको छ। धेरै अनुसन्धानमा पनि यो देखाइएको छ कि आखा सुनिएमा सावधान हुनु पर्छ। किनभने यो कोरोनाको लक्षण हुन सक्छ।

    दैनिक भास्करमा प्रकाशित समाचार अनुसार उक्त महिलालाई लगातार पाँच दिनसम्म सूख्खा खोकी र नौ दिनसम्म झाडापखालाको लक्षण देखिएको थियो। त्यसपछि ३० जनवरी २०२० मा अस्पताल भर्ना भएकी थिइन्। उनमा ज्वरो पनि थियो। छातीको सिटी स्कैन गर्दा फोक्सोमा संक्रमणको असर देखियो। यसपछि उनको नाकको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो। तर यस समयमा ती महिलामा कुनै गम्भीर समस्या भने देखिएको थिएन।

    १८ र २० फेब्ररीमा गरिएको परीक्षणमा महिलाको रिपोर्ट नेगेटिभ आयो। महिलालाई २० फेब्ररीमा अस्पतालले डिस्चार्ज गरिदियो। करीब ८ दिनपछि उनको आखामा दुखाई सुरु भयो। २८ फेब्ररीसम्म आखामा लगातार दुखाई बढ्दै गएपछि महिलाले आखा कम देख्न थालिन्। जब दुखाई सहनै नसक्ने भएपछि महिला फेरि अस्पताल पुगिन्।

    ८ मार्चमा उनी अस्पताल भर्ना भइन्। चिकित्सकका अनुसार महिला ग्लूकोमा अटैकबाट जूझी रहेकी थिइन्। उनको आखामा दबावका कारण दुखाई भइरहेको थियो। पहिला औषधिले दुखाई कम गर्न खोजियो, औषधिको कुनै फाइदा नदेखेपछि सर्जरी गरियो।

    चीनको वुहानस्थित सेन्टर थिएटर कमान्ड अस्पतालमा महिलाको दुई पटक सर्जरी गरियो। १४ मार्चमा दायाँ र १५ मार्चमा बायाँ आखाको सर्जरी गरियो। सर्जरीपछि लगातार आखामा दबाब बढेपछि फेरि १० अप्रिलमा सर्जरी गरियो। सर्जरीको समयमा आखाबाट लिएको टिश्यू सैम्पललाई परीक्षण गर्दा कोरोना भाइरस भटियो।

    जामा ऑप्थेल्मोलॉजी जर्नलमा प्रकाशित रिसर्चका अनुसार कोरोनाका बिरामीमा ‘ऑक्युलर मेनिफेस्टेशन’ देखिएको छ। जसमा मान्छेको आखा सुनिन्छ। यो भन्दा पहिले भएको एउटा रिसर्चमा भनिएको छ कि आखाको माथिल्लो भाग र आशुमा पनि कोरोना भेटिएको छ। यसबाट पनि संक्रमण फैलिन सक्छ।


    क्याटेगोरी : कोरोना अपडेट, खोज/विशेष

    प्रतिक्रिया दिनुहोस