प्रज्ञाको ‘दर्शनावली’ नियमित
कोभिड-१९ को विषम स्थितिमा पनि नेपाल प्रज्ञा–प्रतिष्ठानको दर्शनशास्त्रसम्बन्धी एक मात्र वार्षिक प्रकाशन ‘दर्शनावली’को सातौँ अङ्क प्रकाशन भएको छ ।
दर्शनशास्त्र विभागका प्रमुख प्रा. जगतप्रसाद उपाध्याय र विभागका पूर्वप्रमुख विष्णु प्रभातको सम्पादनमा वार्षिक रूपमा प्रकाशन हुँदै आएको ‘दर्शनावली’ दर्शनशास्त्रको अध्ययन र अनुसन्धान गर्न चाहने पाठकका लागि महत्वपूर्ण र उपयोगी मानिएको छ ।
डा वेदराम भुसाल, प्रा ‘प्रेक्षित’, प्रा डा गोपीन्द्र पौडेल, प्रभात, प्रा डा देवीप्रसाद सुवेदी, नारायणप्रसाद आचार्य, रामराज रेग्मी, समीर सिंह, डा नारायण चालिसे, डा भक्त राई, शीतल गिरी, अभय शर्मा, डा रामदेव पण्डित र नेत्र आचार्यका विभिन्न दर्शनसँग सम्बन्धित विविध अनुसन्धानमूलक लेख त्यसमा मेटिएका छन् ।
उक्त ‘दर्शनावली’ कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानको बिक्री कक्ष र मकालु प्रकाशन गृहको आधिकारिक वितरणमा मुलुकका सातै प्रदेशका प्रमुख पुस्तक पसलमा उपलब्ध हुने बताइएको छ ।
क्याटेगोरी : कला शैली, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस