• जीवनशैली | Jiwanshaili
  • शनिदेवलाई खुसी पार्न शनिबारको दिन यसरी गर्नुस् पूजा


    कुनै पनि काममा अवरोध आए वा गर्न लागेको काम बिग्रन लाग्यो भने शनिदेवको पूजा आराधना गर्नुपर्छ भन्ने मान्यता रहि आएको छ । शनिदेव प्रसन्न भएमा बिग्रन लागेको काम पनि सम्पन्न हुने र सफलता प्राप्त हुन्छ भन्ने विश्वास छ । शास्त्रका अनुसार शनिदेव मानिसको काम र प्राप्तीसँग सम्बन्धित छन् ।

    शनिदेवलाई खुसी पर्न यसरी विधि पुर्‍याएर गर्नुस पूजा:

    शनिबारको सूर्योदयभन्दा पहिला र सूर्यास्तभन्दा पछि शनिको पूजाअर्चना गरेमा विशेष लाभ मिल्नेछ ।

    कालो वा निलो आसनमा बसेर तिलको तेलले बत्ती बाल्नुहोस ।

    पश्चिम दिशामा प्राणायाम गर्नुहोस ।

    लगातार ७ पटक शनिस्तोत्रको पाठ गर्ने र यस्तो बिहान र साँझ लगातार २७ दिन गर्नु पर्छ ।

    आफ्नो समस्या सामाधानका लागि शनिदेवसँग प्राथना गर्नुहोस ।

    शनिदेवको पूजा सधै सफा कपडा लगाएर चोखो भएर गर्नु पर्छ ।

    यस्तै अन्य उपायहरु पनि छन्ः

    व्रत गर्दा हुन्छन् प्रसन्‍न

    शास्‍त्रको अनुसार शनिदेव सूर्य देव र देवी छायाका पुत्र हुन। इनको जन्म ज्येष्ठ महिनाको अांवस्यामा भएको थियो । शुद्ध मन बाट प्रत्‍येक शनिवारको दिन व्रत राखदा शनि अत्‍यंत प्रसन्‍न हुन्छन्। यस्तो गर्ने बयक्ति माथि उनको कुपित दृष्‍टि पडदैन।

    शनि को प्रभाव पनि खत्‍म हुन्छ

    नव ग्रहहरुमा सातौ ग्रह मानिने शनिदेव संग मनुस्य सबै भन्दा ज्यादा डराउन्छन तर शनि कसैको अहित गर्दैनन। उनि ब्यक्तिहरुको कर्म अनुसार न्‍याय गर्छन। शायद त्यसैले उनलाई न्‍यायाधीश को रूपमा पनि जानिन्छन। शनिवारमा शनिदेवको पूजा गर्दा व्यक्ति माथिको साढ़ेसाती र ढैया समाप्‍त हुन्छ। यसको अलावा कुंडलीमा भएको कमजोर शनिको प्रभाव पनि नाश हुन्छ।

    शनिबारलाई धार्मिक दिन मानिन्छ । शनिबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने मानिन्छ । तर शनिबार केही काम गर्न भने निषेध गरिएको छ ।

    कपाल नुहाउनु हूँदैन

    शास्त्र शनिबार कपाल नुहाउन नहुने उल्लेख छ । खासगरी महिलाहरुले शनिबार कपाल नुहाउनु अशुभ मानिन्छ । महिलाको जन्मकुण्डलीमा वृहस्पति पतिको रुपमा रहने हुँदा यो दिन कपाल नुहाउनु नराम्रो मानिन्छ । शनिबार कपाल नुहाउँदा पति र सन्तानलाई अशुभ हुने शास्त्रमा उल्लेख छ।

    रौं काट्नु हुँदैन

    शनिबारको दिन कपाल वा दारी काट्नु अशुभ मानिएको छ । वृहस्पतिलाई जीवन अर्थात जीवन भनिएको छ। विहीबार रौं काट्दा गुरु ग्रह कमजोर हुने भनिन्छ । यसो गर्दा शिरमा असर गर्ने र उमेर समेत कम हुने शास्त्रमा उल्लेख छ।

    दारी काट्ने वा नङ काट्ने

    शनिबार नङ काट्नु र दारी काट्नु अशुभ मानिन्छ । यस्ता कार्य विहीबार गर्दा जागिरमा समस्या हुने र पदोनन्ती हुनुको साटो घटुवा हुने समेत सम्भावना हुने शास्त्रमा उल्लेख छ । विहीबार कपाल धुने, कपडा सफा गर्ने, दारी काट्ने, रौ काट्ने, फेशियल, नङ काट्ने काम कहिले पनि नगर्नुस् । त्यस्तै घरको सरसफाइ माकुराको जालो हटाउने काम पनि विहीबार नगर्नु नै उत्तम हुन्छ।


    क्याटेगोरी : चाडपर्व विशेष, समाज

    प्रतिक्रिया दिनुहोस