• जीवनशैली | Jiwanshaili
  • आज क्वाँटी खाने दिन; यस्ता छन् क्वाँटीका फाईदाहरु


    आज जनै पूर्णिमा अर्थात क्वाँटी खाने दिन ।

    अरुबेला भन्दा पनि विशेष गरेर जनैपूर्णिमाको दिन टुसा उमारेर क्वाँटी खाने चलन रहेको छ । क्वाँटी नेपालीहरूको भान्सामा पाक्ने झोलिलो खानेकुरा हो । यो चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ लगायतका गेडागुडी मिसाएर बनाएको एक प्रकारको खानेकुरा हो । नेपाल कृषिप्रधान मुलुक भएकाले वर्षायाममा खेतीपातीको कामले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाने गरिएको मान्यता छ ।

    गेडागुडीलाई टुसा उम्रनेगरी पानीमा भिजाएपछि मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । विभिन्न नौ गेडागुडीको टुसा उमारी पूर्णिमाका दिन क्वाँटी खाने चलन छ । शक्ति र स्वाद दुवै मिल्ने भएकाले पनि क्वाँटीको छुटै महत्व छ । क्वाँटी जनैपूर्णिमाको विशेषता नै हो ।

    क्वाँटीमा काब्रोहाइडे«ड, प्रोटिन, भिटामिन, मिनिरल्स, फोलिक एसिड, फाइबरका साथै आइरनको मात्रा पनि प्रशस्त मात्रामा पाइन्छ । यो खानेकुरा बच्चादेखि वृद्धसम्मका लागि उपयोगी हुन्छ ।

    क्वाँटीका फाइदा
    १) रेसादार खानेकुरा भएकाले कब्जियत हटाउँछ,
    २) पाचनशक्तिमा सुधार आउँछ ।
    ३) उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ ।
    ४) कोलेस्टेरोल नियन्त्रणमा सहयोग गर्छ ।
    ५) शारीरिक र मानसिक स्वास्थ्यमा सुधार आउँछ ।
    ६) रोग प्रतिरोधात्मक शक्ति बढाउँछ ।
    ७) बालबालिका तथा वृद्धवृद्धाको कुपोषण हटाउन सहयोगी ।
    ८) स्मरणशक्ति वृद्धि गराउँछ ।
    ९ं) मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।
    १०) रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ ।
    ११) बच्चाहरूको वृद्धिविकासमा सहयोग पु¥याउँछ ।
    ११) मधुमेह नियन्त्रणमा सहयोग गर्छ । तर मधुमेह भएकाले चिकित्सक तथा डाइटिसियनसँग भने एकपटक सल्लाह लिन आवश्यक छ ।

    धेरै खायो भने गर्ने असर
    १) पाचन शक्तिमा समस्या आउँछ ।
    २) पेटबाट ग्याँस धेरै निस्किन्छ ।
    ३) कुपोषित व्यक्तिले खाएमा पखाला लाग्न सक्छ ।
    ४) मृगौलाको समस्या हुनेहरुमा डाईलासिस गरिरहनु भएकोले खान हुन्छ, तर नगरेकाले खाँदा समस्या आउँन सक्छ ।
    ५) युरिक एसिड भएकाले पनि कम मात्रामा खान सकिन्छ ।


    क्याटेगोरी : चाडपर्व विशेष

    प्रतिक्रिया दिनुहोस