आज क्वाँटी खाने दिन; यस्ता छन् क्वाँटीका फाईदाहरु
आज जनै पूर्णिमा अर्थात क्वाँटी खाने दिन ।
अरुबेला भन्दा पनि विशेष गरेर जनैपूर्णिमाको दिन टुसा उमारेर क्वाँटी खाने चलन रहेको छ । क्वाँटी नेपालीहरूको भान्सामा पाक्ने झोलिलो खानेकुरा हो । यो चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ लगायतका गेडागुडी मिसाएर बनाएको एक प्रकारको खानेकुरा हो । नेपाल कृषिप्रधान मुलुक भएकाले वर्षायाममा खेतीपातीको कामले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाने गरिएको मान्यता छ ।
गेडागुडीलाई टुसा उम्रनेगरी पानीमा भिजाएपछि मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । विभिन्न नौ गेडागुडीको टुसा उमारी पूर्णिमाका दिन क्वाँटी खाने चलन छ । शक्ति र स्वाद दुवै मिल्ने भएकाले पनि क्वाँटीको छुटै महत्व छ । क्वाँटी जनैपूर्णिमाको विशेषता नै हो ।
क्वाँटीमा काब्रोहाइडे«ड, प्रोटिन, भिटामिन, मिनिरल्स, फोलिक एसिड, फाइबरका साथै आइरनको मात्रा पनि प्रशस्त मात्रामा पाइन्छ । यो खानेकुरा बच्चादेखि वृद्धसम्मका लागि उपयोगी हुन्छ ।
क्वाँटीका फाइदा
१) रेसादार खानेकुरा भएकाले कब्जियत हटाउँछ,
२) पाचनशक्तिमा सुधार आउँछ ।
३) उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ ।
४) कोलेस्टेरोल नियन्त्रणमा सहयोग गर्छ ।
५) शारीरिक र मानसिक स्वास्थ्यमा सुधार आउँछ ।
६) रोग प्रतिरोधात्मक शक्ति बढाउँछ ।
७) बालबालिका तथा वृद्धवृद्धाको कुपोषण हटाउन सहयोगी ।
८) स्मरणशक्ति वृद्धि गराउँछ ।
९ं) मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।
१०) रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ ।
११) बच्चाहरूको वृद्धिविकासमा सहयोग पु¥याउँछ ।
११) मधुमेह नियन्त्रणमा सहयोग गर्छ । तर मधुमेह भएकाले चिकित्सक तथा डाइटिसियनसँग भने एकपटक सल्लाह लिन आवश्यक छ ।
धेरै खायो भने गर्ने असर
१) पाचन शक्तिमा समस्या आउँछ ।
२) पेटबाट ग्याँस धेरै निस्किन्छ ।
३) कुपोषित व्यक्तिले खाएमा पखाला लाग्न सक्छ ।
४) मृगौलाको समस्या हुनेहरुमा डाईलासिस गरिरहनु भएकोले खान हुन्छ, तर नगरेकाले खाँदा समस्या आउँन सक्छ ।
५) युरिक एसिड भएकाले पनि कम मात्रामा खान सकिन्छ ।
क्याटेगोरी : चाडपर्व विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस