• जीवनशैली | Jiwanshaili
  • देवी लक्ष्मीलाई खुसी पार्न यसरी गर्नुस् तुलसी पूजा


    हरेक वर्ष कार्तिक शुल्क एकादशी अर्थात् हरिबोधनी, ठूलीएकादशीमा तुलसी विवाह गरिन्छ। यस दिन तुलसी माताको भगवान शालिग्रामसँग परम्परा अनुसार विवाह गराइन्छ। साथै घरहरुमा तुलसीको विधिपूर्वक पूजा पनि गरिन्छ। तुलसी पूजा अथवा विवाह गर्दा बिहे नभएका मानिसहरुको बिहेमा आउने बाधा व्यवधान हटेर जान्छ। साथै लक्ष्मी भगवानको पनि कृपा सदैव रहिरहन्छ। तर पूजामा केही कुराहरुको ख्याल भने राख्नै पर्ने हुन्छ।

    जमीनमा होइन गमलामा लगाउनुहोस् तुलसीको बोट

    प्रायः मानिसहरुले तुलसीको बोट बगैचामा जमीनमा लगाउने गर्छन्। तर यस्तो भने कदापी गर्नु हुँदैन किनभने यसलाई अशुभ मान्निछ। यसले घरका सदस्यहरुको स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउँछ। त्यसैले तुलसी जहिले पनि गमलामा नै लगाउनु पर्छ।

    घ्यूको दीयो बाल्ने

    यदी घरमा तुलसीको बोट छ भने आइतबारको दिन बाहेक हरेक दिन तुलसीलाई जल चढाउँनु पर्छ। सार्थ हरेक दिन बिहान र बेलुका घ्यूको दीयो तुलसीको बोट नजिक राखेर प्रार्थना गर्नु पर्छ। यसो गर्दा देवीको कृपाले घरमा सधैं अन्न तथा धनको प्राप्ति भइरहन्छ।

    यस्ता खानेकुरालाई त्याग्नुहोस्

    धार्मिक मान्यता अनुसार, तुलसी बोटको नजिक माछामासु र मदिराको सेवन गर्नु हुँदैन। यसैगरि जसले तुलसीको माला धारण गरेको छ उसले पनि यस्ता चीजको सेवन गर्नु हुँदैन। तुलसीको बोट भगवान विष्णुलाई अतिप्रिय लाग्ने गर्छ। त्यसैले त्यस्ता मांसाहारि खानेकुराले श्रीहरि रिसाउने र नराम्रा कुराको सामना गर्नु पर्ने हुन्छ।

     


    क्याटेगोरी : चाडपर्व विशेष, समाज

    प्रतिक्रिया दिनुहोस