किन हुन्छ महिलाहरूमा स्तन क्यान्सरको खतरा ?
स्तन क्यान्सर त्यस्तो रोग हो जसले विश्वलाई नै आफ्नो चपेटमा लिएको छ। लाज तथा संकोचका कारण अधिकांश महिलाहरू स्तन परीक्षण गराउन अस्पताल जाँदैनन् र अन्तिम अवस्थामा स्वास्थ्य सेवा खोज्छन्। जसले गर्दा स्तन क्यान्सरको खतरा झनझन् बढ्दै गएको छ।
के हो स्तन क्यान्सर ?
स्तनका कोषहरू असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना हुन्छ। साधारणतया कोषहरूको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुन्छ। तर, जब शीघ्र रूपमा र धेरै मात्रामा कोषहरू वृद्धि र विभाजन हुन्छन्, पुराना कोषहरू टाँसिएर रहन्छन्, तब गिर्खा वा ट्युमर बन्ने प्रक्रिया सुरु हुन्छ। स्तनमा भएका कोष–कोषिकामा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ। त्यो प्रक्रिया क्यान्सर नहुने वा हुने दुवै प्रकृतिको हुनसक्छ। स्तन क्यान्सर प्रायः दुग्ध उत्पादन गर्ने नलीबाट सुरु हुन्छ तर कहिलेकाहीँ तन्तुहरूको झुप्पाबाट पनि सुरु हुन्छ। स्तन क्यान्सर शरीरको कुनै पनि भागमा फैलिन सक्छ। स्तन क्यान्सर फैलिएमा हड्डी, कलेजो, फोक्सो तथा मस्तिष्कमा पनि ट्युमर हुन सक्छ।
छालाको क्यान्सरपछि अमेरिकामा महिलाको मृत्युको प्रमुख क्यान्सर कारक स्तन क्यान्सर नै हो। प्रतिवर्ष दुई लाखभन्दा धेरै अमेरिकि महिलालाई स्तन क्यान्सर हुन्छ भने प्रतिवर्ष ४० हजारले यस रोगका कारण मृत्युवरण गर्छन्। लगभग १७ लाख अमेरिकी महिलाहरू स्तन क्यान्सरले पीडित भइरहेका छन्।
प्रत्येक आठमा एक अर्थात् १२.६ प्रतिशत महिलालाई जीवनकालमा एकपटक स्तन क्यान्सर हुन्छ। प्रत्येक १३ मिनेटमा स्तन क्यान्सरका कारण एक महिलाको मृत्यु हुन्छ। क्यान्सरबाट मर्ने १५ देखि ५४ वर्षका महिलाहरूमा सबैभन्दा धेरै लाग्ने स्तन क्यान्सर हो भने ५५९७४ वर्षका महिलाको मृत्युको दोस्रो कारण हो। समयमै रोगको निदान र उपचार गर्ने ९६ प्रतिशत महिलाहरू पाँच वर्षपछि क्यान्सररहित हुन्छन्। ८० प्रतिशतभन्दा बढी स्तनका गिर्खा क्यान्सर नहुने प्रकृतिका हुन्छन्। स्तन क्यान्सर प्रौढलाई मात्र होइन, जुनसुकै उमेरका किशोरी तथा युवतीलाई पनि हुन सक्छ।
लक्षणहरू :
यसको लक्षण शुरुआतमा देखिदैन। तर सेल्फ एग्जामिनेशन और मैमोग्राम जाँच गरेर यसको पत्त लगाउन सकिन्छ। अलग/अलग महिलाहरुमा स्तन क्यान्सरको लक्षण पनि अलग पाइने गर्छ।
१. मोटोपन बढ्दै जानु
महिलाहरुमा मोटोपन बढ्दै जानु पनि स्तना क्यान्सरको कारण बन्न सक्छ। शरीरमा अधिक मात्रामा हार्मोन्स फ्याट बढी हुन जान्छ। अधिक फ्याट जब शरीरमा जमा हुन थाल्छ तब एस्ट्रोजेनको लेवल कम हुन गई क्यान्सरको खतरा बढ्छ।
२. स्तनपान नगराउनु
अधिकांश महिलाहरुले आफ्नो शरीर बिग्रन्छ भनेर बच्चालाई स्तनपान गराउँदैनन्। यस्ता महिलाहरुमा स्तन क्यान्स्रको खतरा झनै बढी रहन्छ। स्तनपान गराउनाले हार्मोन्समा सन्तुलन हुन्छ जबकि जो महिलाले स्तनपान गराउदैनन् उनीहरुमा हर्मोन्सको सन्तुलन बिग्रन्छ। जसले गर्दा स्तन क्यान्सरको खतरा बढ्दै जान्छ।
३. खानपानमा ध्यान नराखनु
जुन महिलाले आफ्नो खानपानमा ध्यान राख्दैनन् उनीहरुको स्तनमा ट्यूमर बन्ने खतरा धेरै हुन्छ। धेरै गुलियो खानेकुरा, केचअप, स्पोर्टस ड्रिंक, चकलेट मिल्कसहित चिनीयुक्त खानेकुराले स्तन क्यान्सरको कोशिकाहरुलाई बढाउन मद्दत गर्छ। यसैगरि प्रोसेस्ड फूड पनि स्तन क्यान्सरको खतरा बन्न सक्छ। त्यसैले यस्ता खानेकुराहरु त्याग्न जरुरी छ। फास्ट फूड जस्तै, बर्गर, फ्रेंच फ्राइज, चाट, रेड मीट आदीले स्तन क्यान्सरको खतरा झनै बढाउँछ।
४. लामो समयदेखि गर्भनिरोधक औषधिको सेवनले
यदी तपाई लामो समयदेखि गर्भनिरोधक औषधि खाने गर्नुहुन्छ भने यसले तपाईमा स्तन क्यान्सरको खतरा ५० प्रतिशतसम्म बढ्छ। यस्ता औषधिहरुमा एस्ट्रोजनको मात्रा धेरै हुन्छ। जुन शरीरमा चाहिने भन्दा बढी भयो भने स्तन क्यान्सर खतरा बढ्न जान्छ। यति मात्र नभई जन्मदर नियन्त्रण थर्न लगाइने सुई या अन्य उपायहरुले पनि स्तन क्यान्सरको खतरा बढ्छ। यस कारण यस्ता औषधि धेरै लामो समयसम्म प्रयोग गर्नबाट जोगिनु पर्छ।
५. प्लास्टिकको प्रयोग धेरै गर्नु
घरमा बस्दा होस् या बाहिर निस्केको बेला प्लास्टिकको बोतलमा पानी पिउँनु र यसबाट बनेका खाना कुरा खानाले पनि स्तन क्यान्सर हुन सक्छ। किनभने प्लास्टिकमा इंडोक्राइन डिसरप्टिंग कैमिकल जस्ता रसायन हुन्छ जसले शरीरको हार्मोनल सिस्टमलाई नोकसान गर्छ।
६. व्यायामबाट टाढा भाग्नु
जो महिलाले व्यायाम गर्न अल्छी गर्छन् उनीहरुमा स्तन क्यान्सरको खतरा अधिक मात्रामा हुन्छ। महिलाहरुमा व्यायाम गर्न एकदमै जरुरी छ। यदी लामो समयसम्म व्यायाम गर्न मन पदैन भने हरेक दिन आधा घण्टा जति व्यायाम गर्न सकिन्छ। यसबाट तपाईलाई पेट र कम्मरको माटोपनबाट मद्दत मिल्छ।
७. मध्यपान र धुम्रपानको लत
विश्व स्वास्थ्य संगठनको रिपोर्टका अनुसार रक्सि र चुरोटको सेवनले स्तन क्यान्सरको ८५ प्रतिशत बढ्रन जान्छ। रक्सिले महिलाहरुमा सेक्स हार्मोनको स्तर बढाउँछ। जर्नल अफ दी अमेरिकन मेडिकल एसोसिएशनको रिपोर्ट अनुसार रक्सिको सेवनले स्तनमा ट्यूमरलाई बढाउन पनि मद्दत गर्दछ।
कसरी बच्ने ?
वंशाणुगत वा जेनेटिक कारणलाई नियन्त्रण गर्न सकिँदैन तथापि सन्तुलित आहारबिहार र स्वस्थ जीवनशैलीले क्यान्सर हुने सम्भावनालाई न्यूनीकरण गर्न सकिन्छ। सकभर विकिरणबाट बच्ने, नियमित व्यायाम गर्ने, चिल्लोयुक्त खाना कम खाने, धुम्रपान तथा मद्यपान नगर्ने आदिबाट रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सकिन्छ। स्तन क्यान्सर रोकथामको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको स्तन क्यान्सरको विकासक्रमबारे सचेत हुने, समयमै यसको निदान तथा उपचार गर्ने हो। निम्न उमेरमा परीक्षण गरे स्तन क्यान्सरबाट बच्न सकिन्छ।
२० वर्षसम्मको उमेरमा : परिवर्तनको लक्षण थाहा पाउन महिनाको एकपटक आफैँले आफ्नो स्तन परीक्षण गर्ने।
२०-३९ वर्षको उमेरमा : प्रत्येक तीन वर्षमा चिकित्सकद्वारा स्तन परीक्षण गराउने।
४०-४९ वर्षको उमेरमा : प्रत्येक एक-दुई वर्षको अन्तरालमा म्यामोग्राफ गर्ने।
५० वर्ष र तत्पश्चात् : प्रत्येक वर्ष म्यामोग्राफ गर्ने।
क्याटेगोरी : समाचार, समाज, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै


प्रतिक्रिया दिनुहोस