• जीवनशैली | Jiwanshaili
  • मेरो किचेन : हरि कटुवाल


    लेखक हरि कटुवालको घर संखुवासभा हो । गीतकारसमेत रहेका कटुवालको ‘अधुरो सपना’ र ‘रेडलाइट’ उपन्यास प्रकाशित छ । उनको शब्दमा ‘नाचौं छम्मछम’ बोलको गीत  चर्चित छ । साहित्य उनको सबैभन्दा रुचीको विषय हो । सादा नेपाली खाना, रोटी तरकारी मन पराउने कटुवालसँग गरिएको किचेन–संवाद यहाँ प्रस्तुत गरिएको छ :

     

    १. किचनको लागि कति समय दिनुहुन्छ ?

    कहिलेकाहिँ मात्र हो । बाल्यकालमा पहाडमा खाना पकाउनुपर्थ्यो । त्यतिबेला मलाई अल्छी लाग्थ्यो, त्यसैले अर्को दिन पकाउन नपरोस् भनेर नुन बढी हाल्ने, पीरो हाल्ने गरिदिन्थे । अहिलेचाहिँ परिवारलाई सहयोग गर्नुपर्ने बेलामा म किचेनको सबै काम गरिरहेको हुन्छु ।

    २. आफैंले बनाएर खान मन पर्ने परिकार ?

    अचार बनाउँछु । लसुन पालेको अचार मन पर्छ । विशेष परिकार भनेर सीप हालेर बनाउन आउँदैन ।

    ३. आफैंले पकाएर खुवाउन मन पर्ने प्रियजनहरू ?

    बुबा आउनुहुँदा आफैं पकाएर खान मन पर्छ । संगीतकार कमल अधिकारी सर मेरो भान्सामा आउनुहुँदा पकाएर खुवाउँछु । तर पाहुना आउँदा पनि श्रीमतिको रोल बढी हुन्छ ।

    ४. तपाईंको खान्कीलाई पिरो, अमिलो र अन्य स्वादको मात्रा कति चाहिन्छ ?

    सादा खाना नै मन पर्छ । अचारमा पीरो चाहिन्छ । हाम्रो गाउँतिर राँगे खुर्सानी भनिने डल्ले खुर्सानी मन पर्छ ।

    ५. घरबाहिर जाँदा खान मन लाग्ने परिकारहरू केके हुन् ?

    बाहिरको खानामा धेरै बल गर्दिनँ । बाहिर निस्कँदा खसीको सेकुवा खाने गर्छु । स्थानविशेष अनुसार के पाइन्छ, नयाँ ठाउँमा जाँदा त्यही खाइन्छ ।

     


    क्याटेगोरी : कला शैली, समाचार

    प्रतिक्रिया दिनुहोस