• जीवनशैली | Jiwanshaili
  • आजदेखि फिल्म हल खुल्ने


    काठमाडौं । शुक्रबार(आज)देखि फिल्म हल खुल्ने भएका छन् । गत वर्षको चैत्रदेखि बन्द रहेका फिल्म हलहरू आज (शुक्रबार)बाट खुल्ने भएका हुन । सरकारले हल सञ्चालनमा ल्याउन अहिलेसम्म कुनै निर्णय नगरे पनि हल सञ्चालकहरूको छाता संगठन नेपाल चलचित्र संघले एकतर्फी रूपमा हल खोल्ने निर्णयबाट हल सञ्चालन गर्न लागेका हुन ।
    सरकारले सबै क्षेत्र खोलिसकेको र फिल्म हल मात्रै बन्द गर्नुपर्ने कुनै गतिलो कारण देखाउन नसकेका कारण चलचित्रकर्मी हल खोल्ने निर्णयमा संघले जनाएको छ । फिल्म रिलिजका लागि अधिकांश हलले आन्तरिक तयारी गरिसकेको संघले जनाएको छ ।नेपाल चलचित्र संघका महासचिव अशोक शर्मा आजबाट पुरानै फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ लगाउने संघले जनाएको छ ।

     


    क्याटेगोरी : कला शैली, समाचार

    प्रतिक्रिया दिनुहोस