• जीवनशैली | Jiwanshaili
  • थप ५७ जनामा कोरोना संक्रमण, १३३ डिस्चार्ज


    काठमाडौं- गत २४ घण्टामा थप ५७ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या २ लाख ७२ हजार ६१४ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १३३ जना कोरोना निको भएका छन्। योसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ६८ हजार ९२९ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा काेही संक्रमितको मृत्यु भएको छैन। हालसम्म मृत्यु हुनेको सङ्ख्या २ हजार ५४ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस