सञ्चारकर्मी तथा साहित्यकार डा लम्साल पुरस्कृत
यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार–२०७७ सञ्चारकर्मी तथा साहित्यकार डा नवराज लम्साललाई प्रदान गरिएको छ । महालक्ष्मी विकास बैंक लिमिटेड र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्त रुपमा प्रदान गर्दै आएको पुरस्कारवापत रु ५१ हजार र प्रमाणपत्र शनिबार हेटौंँडामा आयोजित कार्यक्रममा डा लम्साललाई प्रदान गरियो ।
उच्च अदालत पाटन इजलास हेटौंडाका न्यायाधीश शेषराज शिवाकोटीले उनलाई पुरस्कृत गरे । धादिङमा जन्मिएका लम्सालले लामो समयदेखि काठमाडौंँ रहेर साहित्य क्षेत्रमा योगदान पुर्याउँदै आएका छन् । रेडियो नेपालका समाचार प्रमुख डा लम्सालका कर्ण र धरा दुई महाकाव्य, एक्लै एक्लै, सगरमाथा पाइलैपिच्छे, आगो छोपेर कतिन्जेल शीर्षकका कविता सङ्ग्रह र धुनभित्र धुनबाहिर गीति सङ्ग्रह प्रकाशित छन् ।
गत वर्ष रु २१ हजार १ रहेको पुरस्कारको राशि यस वर्षदेखि वृद्धि गरी रु ५१ हजार बनाइएको हो । सोही अवसरमा मातृभूमि राष्ट्रिय सम्मान–२०७७ मातृभूमि साहित्य समाजका पूर्वअध्यक्ष र मकवानपुरे कवि देवराज खरेल तथा मातृभूमि मकवानपुरश्री सम्मान–२०७७ मकवानपुरका खोजकर्ता लेखक केदारप्रसाद न्यौपानेलाई दिइएको छ । कार्यक्रममा मकवानपुरे स्रष्टा कवि दिनेश शर्मा न्यौपानेको कवितासङ्ग्रह ‘एउटा मृत्यु यो पनि’ विमोचन गरिनाका साथै मकवानपुरे स्रष्टाहरुले आआफ्ना रचना वाचन गरेका थिए ।
क्याटेगोरी : कला शैली, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस