आमिर खानको राेचक प्रेम कहानी
५५ वर्षीय भारतीय अभिनेता आमिर खानले २१ वर्षको उमेरमा रीना दत्तासँग पहिलो विवाह गरेका थिए। त्यतिखेर रीना १९ वर्षकी थिइन्। अचम्मको कुरा त के छ भने आमिर र रीनाले धेरै दिनसम्म आफ्नो विवाहको कुरा परिवारबाट लुकाइरहेका थिए। क्रिस्टिना डानियलको पुस्तक ‘आई विल डू इट माय वेस् इन्क्रेडिबल जर्नी अफ आमिर खान’ मा उनीहरुको प्रेम कथाको बारेमा लेखिएको छ।
जब आमिर ‘कयामत से कयामत तक’ को शूटिंग गर्दै थिए, उनले रीनासँग बिहे गरेका थिए। उनीहरुको करीव एक वर्ष पहिले प्रेम शुरू भएको थियो। यद्यपि आमिर २० वर्ष र रीना १८ वर्षकी थिइन्। विवाह गर्ने उमेर नपुगेकाले उनीहरूले १ वर्ष पर्खनु परेको थियो। यस बाहेक दुई परिवारका बीच मतभेदको कारण पनि उनीहरूको विवाह असम्भव देखिएको थियो। आमिर २१ वर्षको भएपछि उनी रीनाको साथ अदालत पुगेर विवाह दर्ता गरेका थिए । विवाह दर्ता पश्चात दुबै जना चुपचाप आ-आफ्नो घर गएका थिए। धेरै दिनसम्म उनीहरूले विवाहको कुरालाई परिवारबाट लुकाएर राखेका थिए। एक दिन रीनाकी बहिनीले उक्त विवाहबारे थाहा पाएर बुबालाई बताइदिने धम्की दिएपछि रीना आमिरको घरमा गएपछि आमिरले बाबुआमालाई बिवाहको बारेमा जानकारी गराएका थिए ।
आमिर खानका बुबा ताहिर हुसेनले सम्बन्धलाई सहजै स्विकार्ने संकेत दिएका थिए । उनले रीनालाई बुहारीको रूपमा स्वागत गरे। तर रीनाका बुबाले यस सम्बन्धलाई सहजै स्वीकार गरेनन्। छोरीको विवाहको खबर सुनेपछि श्री दत्त छक्कै परे र बिरामी समेत भए। उसलाई अस्पतालमा भर्ना हुनुपरेको थियो। त्यस समयमा आमिरले उनलाई धेरै सेवा गरेका थिए। जसका कारण उनले दत्तको आशिष पाए। उनका बुबा एयर इंडियामा एक वरिष्ठ अधिकारी थिए।
जूही चावलाले एक अन्तर्वार्तामा खुलासा गरेको छ कि आमिर ‘कयामत से कयामत तक’ को शूटिंगको समयमा हरेक दिन रीनालाई सन्देश पठाउँथे। एक पटक पूरै एकाई शुटिङका लागि ऊटीबाट बंगलोर जाँदै गर्दा रीनासगँ कुरा गर्न नपाउँदा आमिरले आँखाभरि आसु पारेर रीनासँग कुरा नगरी कतै नजाने बताएका थिए । जब ‘कयामत से कयामत तक’ रिलीज भएको थियो, फिल्मको प्रचारमा असर पर्न सक्ने हुनाले अभिनेता विवाहित भएको कुरा सार्वजनिक गरिएको थिएन । उनीहरुको सम्बन्ध १६ वर्षसम्म टिकेको थियो । २००२ मा उनीहरूको सम्बन्धविच्छेद भएको थियो। उनीहरुका १ छोरा (जुनैद) र १ छोरी (इरा) छन् । उनीहरु अहिले रीनाको साथमा बस्छन् ।
क्याटेगोरी : कला शैली, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस