श्रीलङ्कामा चिनियाँ खोपलाई पनि अनुमति
श्रीलङ्कामा चिनियाँ खोपलाई पनि प्रयोगका लागि शनिबार अनुमति दिइएको छ ।श्रीलङ्काको राष्ट्रिय चिकित्सा नियमक निकायले चीनमा विकास र उत्पादन गरिएको सिनोफार्म खोपलाई प्रयोगका लागि अनुमति दिएको हो ।
यो खोप आपत्कालिन अवस्थामा मात्रै प्रयोग गर्न सकिने भनेर अनुमति दिइएको अधिकारीहरुले जनाएका छन् ।
नियमक निकायले अनुमति दिएकाले अव त्यसको आपुर्ति तथा व्यवस्थापनको काम अगाडि बढाइने श्रीलङ्काका उत्पादन, आपुर्ति तथा नियमन राज्यमन्त्री चन्ना जयसुमनले जानकारी दिए । श्रीलङ्कामा प्रयोगका लागि अनुमति पाउनेमा सिनोफार्म तेस्रो खोप हो । यसअघि अस्ट्राजेनिका र स्पुत्नीक भीले अनुमति पाएका थिए ।
श्रीलङ्कले अहिले खोप अभियान व्यापक रुपमा चलाइरहेको छ । गत फेब्रुअरीको मध्यदेखि सुरु भएको खोप अभियान अन्तर्गत सवैभन्दा पहिला अग्रपंक्तिमा खटिएकाहरुलाई खोप लगाइएको थियो । उनीहरुलाई अस्ट्राजेनिका खोप लगाइएको हो । अस्ट्राजेनिकाको खोप श्रीलङ्काले भारतबाट ल्याएको हो । गत जनवरी र फेब्रुअरीमा खोप ल्याइएको थियो । विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधा अन्तर्गत दुई लाख ६४ हजार मात्रा खोप श्रीलङ्काले पाएको हो । अहिले ६० बर्षभन्दा बढी उमेरका नागरिकलाई लगाउन थालिएको अधिकारीहरुले जनाएका छन् ।
क्याटेगोरी : कोरोना अपडेट, प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस