• जीवनशैली | Jiwanshaili
  • बलिउड अभिनेता आमिर खानलाई कोरोना


    बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण पुष्टि भएको आमिरका प्रवक्ताकाले जनाएका छन् । खान सबै प्रोटोकल्सको पालना गरि घरमा सेल्फ क्वारेन्टिनमा रहेका छन् । उनको स्वास्थ्य अवस्था ठिक रहेको भारतीय सन्चार माध्यमले जनाएको छ । खानले आफ्नो सम्पर्कमा आएका व्यक्तीहरुलाई कोभिड परिक्षण गराउन अनुरोध गरेका छन् ।

    यो भन्दा अघि अभिनेता तथा चलचित्रका निर्माता सतिश कौशिक, कात्र्तिक आर्यनका अलवा अमिताभ बच्चन, सञ्जय लीला भंसाली रणबीर कपुर, वरुण धवन, अनुपम खेर, ऐश्वर्या राय र अभिषेक बच्चनजस्ता कलाकारलाई पनि कोरोना संक्रमण भएको थियो ।


    क्याटेगोरी : कोरोना अपडेट, प्रवास

    प्रतिक्रिया दिनुहोस