कतारमा पनि कोभिड १९ को संक्रमण बढ्दो
कतारमा पनि कोभिड १९ का संक्रमितहरु बढिरहेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्ता यता कतारमा पनि कोभिड १९ का संक्रमितहरु बढेको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुका अनुसार कतारको राजधानी दोहामा यसका संक्रमितहरु बढी मात्रामा देखिएका छन् ।
शुक्रबार सार्वजनिक भएको एक तथ्यांकमा कतारमा ६०२ जनामा यो संक्रमण देखिएको छ । यहाँ यो समेत गरी १ लाख ७६ हजार जनामा कोभिडको संक्रमण पुगेको बताइएको छ । यहाँका २८२ जना नागरिकको कोभिडको संक्रमणबाट मृत्यु भएको छ । यहाँका चिकित्सकहरुले कोभिडका कारण कतारमा मृत्यु हुने दर भने निकै थोरै रहेको बताएका छन् । कतारमा कोरोना विरुद्धको खोप लगाउने कार्यलाई तिब्रता दिइएको छ । यसरी यहाँका कम्तीमा पनि सात लाख मानिसलाई यो खोप दिइएको समाचारमा जनाइएको छ ।
क्याटेगोरी : कोरोना अपडेट, प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस