• जीवनशैली | Jiwanshaili
  • फुल बुट्टे सारीको ‘पञ्जावी’ भर्सन बजारमा


    नेपाली माझ लोकप्रिय गित फुल बुट्टे सारीको पञ्जावी भर्सन बजारमा आएको छ । पछिल्लो समय नेपाली संगीतप्रेमी माँझ लोकप्रिय रहेको गीत ‘फुल बुट्टे सारी’ गीतले टिकटकजस्ता सामाजिक सञ्जाल तताएको छ । महिला तथा पुरुष दुवैको स्वरमा सार्वजनिक भएको गीतले छोटो समयमै युट्युबमा करोड बढी भ्युज पाएको हो ।

    सार्वजनिक अघिल्ला दुइ भर्सनले एक करोड बढी भ्युज पाईसक्दा नयाँ गीत सार्वजनिक भएको हो । मेल र फिमेल भर्सनको लोकप्रियता पश्चात यो गीत चाइल्ड र लेजेण्डरी भर्सनमा समेत आएको थियो ।यी सवै भर्सनलाई अहिले दर्शन श्रोताले निकै नै रुचाएका छन ।

    त्यस्तै अहिले पछिल्लो समय यसलाई एक अफ्रिकी गायिकाले समेत गाएकी थिइन । उक्त भर्सन पनि दर्शक श्रोताले निकै नै मन पराएका थिए । अहिले आएर यो गीतको पन्जावी भर्सन पनि आएको छ । भिडियो


    क्याटेगोरी : कला शैली, समाचार

    प्रतिक्रिया दिनुहोस