‘सुदूर’ मा वर्षाको सट्टा गरिमालाई अफर
निर्देशक तथा कलाकार रमेश बुढाथोकीको निर्देशनमा बन्न लागेको फिल्म ‘सुदूर’ मा अभिनेत्री वर्षा सिवाकोटीले डेढ वर्ष अगाडि साइन गरेकी थिइन् । छायांकनका लागि तयारी हुँदै गर्दा कोरोनाका कारण देश लकडाउन भएपछि फिल्मको निर्माण अनिश्चितकालका लागि रोकिएको थियो। साइन गरेको डेढ वर्षसम्म छायांकन सुरु नभएपछि वर्षाले उक्त फिल्म नगर्ने घोषणा गरेकी छिन् ।
उनले फिल्म छाडेपछि निर्देशक बुढाथोकी अभिनेत्रीको खोजीमा थिए । यसैक्रममा उनले मोडल तथा अभिनेत्री रेश्मा घिमिरे र मोडल उषा उप्रेतीलाई फिल्म अफर गरेका थिए । तर उनीहरु दुबैले फिल्म खेल्ने इच्छा नदेखाएपछि निर्देशक बुढाथोकीले अर्की मोडल गरिमा शर्मालाई अभिनेत्रीको प्रस्ताव गरेका छन् ।
मंगलवार उनीहरुबीच भेटेरै फिल्मको विषयमा कुराकानी भएको छ । उक्त भेटमा गरिमाले फिल्मको ‘वान लाइन स्टोरी’ सुनेकी थिइन् तर उनले फिल्म गर्ने वा नगर्ने विषयमा निर्णय गरेकी छैनन् ।
यो फिल्मका लागि अहिलेसम्म मुख्य नायकको पनि टुंगो लागेको छैन त्यसैले उनले नायकको प्रस्ताव पुष्प खड्कालाई गरेका छन् । लामो समयपछि निर्देशनमा फर्किन लागेका उनले ‘बाबु साहेब, अप्सरा, जीवन मृत्यु’ लगायतका फिल्म निर्देशन गरिसकेका छन् ।
क्याटेगोरी : कला शैली, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस