• जीवनशैली | Jiwanshaili
  • परिणीति चोपडाको नग्न फोटोशूटको चर्चा


    भारतीय अभिनेत्री परिणीति चोपड़ा अक्सर आफ्नो लुक्सको कारण चर्चामा आईरहने गरेकी छिन् । हालसालै, अभिनेत्री चोपड़ाले नग्न फोटोशूट गराएकि छिन् । जुन तस्वीर सोशल मीडियामा भाइरल भइरहेको छ । परिणीतिले डब्बू रतनानी को लागि यो नग्न फोटोशूट गराएकि हुन् ।

    डब्बू रतनानी आफैले पनि परिणीतिको तस्वीर आफ्नो इन्स्टाग्रामबाट सार्वजनिक गरेका छन् । चित्रमा परिणीति पहेलो गाढामा नग्न अवस्थामा बसेकी छिन् । उनले थोरै मुस्कानका साथ कपाल खुल्ला राखेर क्यामेरामा हेरी हल्का पोज प्रस्तुत गरेकी छिन् ।

    कामको बारेमा कुरा गर्ने हो भने, परिणीतिको हालसालैका दुई फिल्म ‘सन्दीप और पिंकी फरार’ र ‘साइना’ ले राम्रो प्रतिक्रिया पाएनन् । कोरोनाको बढ्दो घटनाका कारण, मानिसहरु फिल्म हेर्नको लागि सिनेमाघरमा पुग्न सकेका छैनन् ।

    उक्त फोटोशूट पश्चात चोपड़ा विभिन्न सकारात्मक तथा नकारात्मक ट्रोलको शिकार बनेकी छिन् ।


    क्याटेगोरी : कला शैली, समाचार

    प्रतिक्रिया दिनुहोस