• जीवनशैली | Jiwanshaili
  • प्रेम चर्चासगैं जन्मदिन मनाउँदै वर्षा


    अभिनेत्री वर्षा सिवाकोटी अभिनयभन्दा प्रेम सम्बन्धका कारण बढी चर्चामा रहने गरेकी छन् ।  पछिल्लो समय सविनजंग थापासँग ब्रेकअप गरेकी उनको यतिबेला अभिनेता तथा चलचित्र विकास बोर्डका सदस्य राज कटुवालसँग नाम जोडिएको छ । ५ महिनादेखि उनीहरु एकअर्काको प्रेममा रहेको चर्चा छ । यो जोडीले यसपालीको होली साथमै मनाएका थिए ।
    वर्षा र राजले होलिको बेला लिइएको अन्तर्वार्तामा एकअर्काको प्रशंसामा भरपूर शब्द खर्चिएका थिए । राजले वर्षाको नराम्रो भन्ने केही कुरा नै नभएको बताएका थिए भने वर्षाले पनि राजको हाँसी रहने बानी मनपर्ने बताएकी थिइन् । तर, उनीहरुले आफुहरु साथी मात्र रहेको बताए ।
    मोरङमा जन्मिएर काठमाडौंमा नै हुर्किएकी वर्षाले आज आफ्नो २८ औं जन्मदिन मनाउँदैछिन् । उनले जन्मदिनको खासै केहि योजना नभएको बताइन् । उनलाई सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिनेको ओइरो लागिरहेको छ भने राजले फेसबुकमा वर्षासँगको एक तस्विर राख्दै उनलाई जन्मदिनको शुभकामना पनि दिएका छन् ।
    यसैबिच वर्षाले नेपाली चलचित्रको आफ्नो यात्रालाई सुखद रुपमा लिएको बताइन् । चलचित्र क्षेत्रमा लागेर आफूमा कुनै पछुतो नभएको उनले प्रष्ट पारिन् ।
    ‘नाई नभन्नु ल २’ बाट नेपाली फिल्म क्षेत्रमा भित्रिएकी वर्षा अहिलेकी व्यस्त अभिनेत्री का रुपमा चिनिन्छिन् । सोलो अभिनेत्रीको रुपमा रहेका फिल्म सफल नभए पनि उनलाई कामको कमी भने हुने गर्दैन ।

    क्याटेगोरी : कला शैली, समाचार

    प्रतिक्रिया दिनुहोस