• जीवनशैली | Jiwanshaili
  • नक्कली कपाल सहित ‘घिन्ताङ’ मा केकी


    छायांकनको तयारीमा रहेको फिल्म ‘घिन्ताङ’ मा अभिनेत्री हेरफेर हुने क्रम जारी रहेको थियो । फिल्ममा अभिनेत्री एलिजा गौतम, लक्ष्मी बर्देवा बाहिरिए लगत्तै ‘घिन्ताङ’ मा अभिनेत्री केकी अधिकारीको प्रवेश भएको छ ।

    स्क्रिप्ट र आफ्नो भूमिका मन परेकाले केकीले फिल्म साइन गरेको बताएकी छन् । फिल्म ‘बोक्सीको घर’ का लागि कपाल मुण्डन गरेकी उनले ‘घिन्ताङ’ मा नक्कली कपाल लगाउने भएकी हुन् । फिल्ममा उनको जोडीको रुपमा भने गौरव पहारी देखिनेछन् ।

    राज लामा प्रस्तुतकर्ता रहेको ‘घिन्ताङ’ लाई सात वर्षपछि निर्देशनमा कमब्याक गरेका दीपक श्रेष्ठले निर्देशन गर्दैछन् । भर्खरै कोरोनाबाट मुक्त भएका उनले फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर नछाड्ने बताएका छन् ।


    क्याटेगोरी : कला शैली, समाचार

    प्रतिक्रिया दिनुहोस