• जीवनशैली | Jiwanshaili
  • इरफान खानको छोरा बबिल अनुष्का शर्माको फिल्मबाट बलिउडमा डेब्यू गर्दै


    बलिउडका चर्चित अभिनेता इरफान खान गत वर्ष २९ अप्रिलमा यस संसारबाट बिदा भएका थिए । इरफानका छोरा बबिल र श्रीमती सुतापाले सोशल मीडियामा अभिनेतालाई सम्झेर अझैपनि पोस्ट गर्दैछन् । इरफानले बलिउडमा आफ्नो शक्तिशाली अभिनयले मान्छेको मन जितेका थिए । अब उनका छोरा बाबिल खान पनि अभिनयको दुनियामा प्रवेश गर्न लागेका छन् । बाबिलले आफ्नो पहिलो फिल्म पाइसकेका छन् ।

    खानको छोरा बबिलले अनुष्का शर्माका साथ काम शुरुवात गर्ने भएका छन् । बबिल अनुष्का शर्माको प्रोडक्शन हाउस क्लीन स्लेट फिल्म्स अन्तर्गत निर्मित ‘काला’ फिल्ममा काम गरिरहेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएको छ ।


    क्याटेगोरी : कला शैली, प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस