भारतमा अहिले सम्मकै उच्च कोरोना सङ्क्रमित
भारतमा कोरोनाभाइरसबाट एकै दिनमा डेढ लाखभन्दा बढी सङ्क्रमित भएका छन् ।
एकै दिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो पटक भएको स्वास्थ्य अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक लाख ५२ हजार ८७९ जना सङ्क्रमित भएका हुन् ।
भारतमा पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा तिव्र बृद्धि हुँदै आएको छ भने पछिल्ला केही दिनदेखि दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ३३ लाख ५८ हजार ८०५ पुगेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ८३९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या एक लाख ६९ हजार २७५ पुगेको छ ।
भारतमा ११ लाख आठ हजार ८७ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यसअघि गत शनिबार एकै दिनमा एक लाख ४५ हजार ३८४ जना सङ्क्रमित भएका थिए ।
क्याटेगोरी : कोरोना अपडेट, प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस