• जीवनशैली | Jiwanshaili
  • भारतमा एकै साता थपिए १९ लाख काेराेना संक्रमित, अन्य देशकाे अवस्था यस्ताे


    विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोभिड १९ बाट विश्व नै आक्रान्त बनिरहेको अवस्थामा दोस्रो लहरले झन् पिरलो थपिएको छ । पछिल्लो सातामा मात्रै संसार भर ५६ लाख कोरोनाको बिरामी थपिएका छन् । विश्वको तथ्याकं सङ्कलन गर्ने साइट वल्ड ओ मिटरका अनुसार पछिल्लो साता ५६ लाख ४२ हजार ८८७ जना कोरोना सङ्क्रमित बिरामी थपिएका हुन् । यो तथ्याकं अघिल्लो साताको भन्दा ९ प्रतिशतले बढी हो । यस अवधिमा विश्वका ८५ हजार २ सय ३३ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् । अघिल्लो साता ८१ हजार ३ सय ६१ ले यस भाइरसबाट ज्यान गुमाएका थिए ।

    छिमेकी मुलुक भारतमा एकै हप्तामा १९ लाख भन्दा बढी व्यक्तिमा कोरोना देखिए पछि यसबाट त्रास झन् बढेको छ।

    भारत एकै साता थपिए १९ लाख सङ्क्रमित

    छिमेकी मुलुक भारतमा एकै हप्तामा १९ लाख भन्दा बढी व्यक्तिमा कोरोना देखिए पछि यसबाट त्रास झन् बढेको छ। पछिल्लो विवरण अनुशार भारतमा विगत १ सातामा १९ लाख ६९ हजार ५६९ कोरोना भाइरसका बिरामी थपिएका छन् । यो अघिल्लो हप्ता भन्दा ६० प्रतिशतले बढी हो । यो सँगै भारतमा कोरोना भाइरसको सङ्क्रमणले झन् विकराल बन्ने सङ्केत हरू पाइएको विश्लेषण गरिएको छ । अघिल्लो साता १२ लाख जनामा कोरोना पोजेटिभ देखिएको थियो । यसै गरी भारतमा कोभिड १९ ले एकै सातामा १२ हजार ५ सय ९३ जनाको ज्यान लिएको छ । यो अघिल्लो साताको तुलनामा ९० प्रतिशत बढी हो ।

    अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै
    कुनै बेला नियन्त्रण  बाहिर रहेको अमेरिकामा भने अहिले कोरोना भाइरस संक्रमणदर घट्दो रहेको छ ।  पछिल्लो हप्ता ५ लाख ३ हजार ९९४ देखिएको कोरोना यस साता ४ लाख ४९ हजारमा झरेको छ । यो अघिल्लो साताको तुलनामा ११ प्रतिशतले कमी हो । यस्तै यस अवधिमा अमेरिकामा कोरोनाले ५ हजार १ सय ९ जनाको ज्यान लिएको छ । अघिल्लो साता यो सङ्ख्या ५ हजार २ सय १५ रहेको थियो ।

    ब्राजिलमा  संसारकै  धेरै मृत्यु 
    दक्षिण अमेरिकी मुलुक ब्राजिल पछिल्लो साता १७ हजार ८ सय ३ जनाले ज्यान गुमाएका छन् । यो अन्य देशको तुलनामा सबै भन्दा धेरै सङ्ख्या हो । भारत भन्दा अघि रहेको ब्राजिलमा अघिल्लो साता २० हजार ६ सय ६७ जनाको ज्यान गएको थियो । गएको एक सातामा विश्वभर ८५ हजार जना भन्दा बढीको कोरोना भाइरसका कारण  ज्यान गएको छ ।

    यस्तैमा सरकारी अस्पतालहरू कोरोना सङ्क्रमित बिरामीले भरिन थालेका छन् भने भेन्टिलेटर को समेत कमी हुन गई झन् जोखिम बढ्ने चिन्ता थपिएको छ ।

    नेपालमा दोश्रो लहर उच्च विन्दु तर्फ

    नेपालमा पछिल्लो हप्ता कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । अघिल्लो हप्ता नेपालमा २ हजार ९ सय ५४ जना कोरोना सङ्क्रमित पाइएकोमा यस हप्ता २४२ प्रतिशतले बढेर १० हजार ९८ पुगेको छ ।स्वास्थ्य मन्त्रालयले दिएको अर्को जानकारीअनुसार प्रत्येक चौथो दिनमा सङ्क्रमित भेटिने सङ्ख्या दोब्बर हुन थालेको बताएकाे छ ।  कोरोना सङ्क्रमण बढे सँगै सरकारले सभा सेमिनार,गोष्ठी,पार्टी प्यालेस सिनेमा हल, विद्यालय लगायतका हुलमुल हुने स्थान बन्दको निर्णय गरी सकेको छ भने नेपालगन्जमा १ साता लामो लकडाउन नै गरी सकेको अवस्था छ । पछिल्लो तथ्याङ्कलाई हेर्ने हो भने नेपालका मुख्य ठुला सहरहरूमा कोरोना भाइरस नियन्त्रणका लागि छिट्टै नै थप प्रतिबन्ध लगाउनु पर्ने सुझाव दिइसकेका छन् । यस्तैमा सरकारी अस्पतालहरू कोरोना सङ्क्रमित बिरामीले भरिन थालेका छन् भने भेन्टिलेटर को समेत कमी हुन गई झन् जोखिम बढ्ने चिन्ता थपिएको छ ।  यस्ताे अवस्थामा सरकारले  तत्काल सुझबुझपूर्ण  निर्णय संगै तयारी तिब्र बनाउनु पर्ने देखिन्छ  ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस