एकै परिवारका आठ जना कोरोना संक्रमित, आमापछि छोराको मृत्यु
सुनसरीको सदरमुकाम इनरुवामा कोरोना संक्रमणका कारण आमापछि छोराको मृत्यु भएको छ। इनरुवा–३ मा एकै परिवारका आठ जनामा कोरोना संक्रमित भएकोमा आमापछि छोराको मृत्यु भएको हो। कोरोना पुष्टि भएपछि होम आइसोलेसनमै बसेकी परिवारकै ज्येष्ठ सदस्य ८४ वर्षीया आमाको तीन दिनअघि मृत्यु भएको थियो।
शनिबार भने ६४ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। सुनसरीमा एकपछि अर्को गरी कोरोना संक्रमितको मृत्यु हुने क्रम बढ्दो छ। इनरुवामा मात्र एक साताको अवधिमा चार जनाको मृत्यु भइसकेको छ। कोरोना भाइरसको महामारीको दोस्रो लहर सुरु भएसँगै जिल्लाभर नौ जनाको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईंले जनाए। इनरुवासँगै इटहरी र धरानका कोरोना संक्रमितको मृत्यु भएको हो। सुनसरीमा अहिले ३ सय ३४ जना सक्रिय संक्रमित रहेका छन्।
समाचार आजको नागरिक दैनिक
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस