निषेधाज्ञामा सवारी जाम, कसरी होला काेराेना नियन्त्रण (भिडियो)
नेपालमा अहिले कोरोना सङ्क्रमणको दोस्रो लहर चलिरहेको छ । दिनहुँ कोरोनाका हजारौँ सङ्क्रमितहरू थपिँदै आएका छन् । मृत्यु दर पनि उच्च रहेको छ ।
कोरोना नियन्त्रणका लागी भन्दै सरकारले काठमाडौँ उपत्यका सँगै विभिन्न जिल्लामा निषेधाज्ञा लागु गरेको छ । तर काठमाडौँ उपत्यकामा कार्यालय समयमा सवारीको लामो जाम हुने गरेको छ । काठमाडौँको लैनचौर, बबरमहल, केशर महल, भद्रकाली लगायतका क्षेत्रमा लामो जाम हुने गरेको छ । अत्यावश्यक क्षेत्रका सेवा सञ्चालन गर्ने सरकारको निर्णय अनुसार बैक वित्तीय संस्था तथा सरकारी तथा अन्य निकायका सवारी मात्रै सञ्चालन हुँदा पनि यतिको मात्रामा सवारी जाम हुने गरेको हो । यसरी हुने भिडभाडले किराना भाइरसको चेन ब्रेक गर्नुको सट्टा झन् फैलने पो हो की भन्ने चिन्ता सबैतिर हुन थालेको छ ।
यसै बीच बढी जाेखिम हुन सक्ने भन्दै बैंक तथा वित्तिय संस्थाहरूलाइ सिमित कर्मचारी राखि कार्यलय संचालन गर्न निर्देशन दिइसकेकाे छ । उपत्यकका सिडियाे हरूकाे बैठकले निषेधाज्ञा कडा बनाउन निर्देशन दिइसकेकाे छ ।
हेर्नुहाेस् भिडियाे
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस