बुधबार ८ हजार ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टी
नेपालमा बुधबार ८ हजार ६ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य मन्त्रालयले गर्ने नियमित प्रेस व्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ८हजार ६ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको बताएका हुन ।यो संख्या हाल सम्मकै उच्च हो । कोरोना भाइरसका कारण हाल सम्म संक्रमित हुनेको संख्या ३ लाख ५९ हजार ६ सय ६४ पुगेको छ ।
काठमाडौं उपत्यकामा थप ४ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ३ हजार ८४९ जना, ललितपुरका ५१८ जना र भक्तपुरका ४५८ जना रहेका छन् ।
कोरोना भाइरसका कारण नेपालमा थप ५८ जनाको मृत्यु भएको छ । यो संख्या हाल सम्मकै उच्च हो । कोरोना भाइरसका कारण हाल सम्म मृत्यु हुनेको संख्या ३ हजार ४ सय ७५ पुगेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस