• जीवनशैली | Jiwanshaili
  • वरिष्ठ संगीतकार तथा गायक प्रेमध्वज प्रधानको निधन


    काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ ।

    उनको सुन्धारास्थित काठमाडौं न्यूरो अस्पतालमा बिहीबार दिउँसो निधन भएको हो । छातीमा समस्या देखिएपछि उनलाई न्यूरो अस्पताल भर्ना गरिएको थियो ।

    गायक प्रधानको पाँचवर्ष अघि सन् २०१६ मार्च १५ मा हैमाटोमाको सफल शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पश्चात उनी निकै स्वस्थ देखिएका थिए । गायक प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेटो त्यो गाउँको’ र ‘पर लैजाउ फूलहरु’लगायतका गीत लोकप्रिय छन् ।


    क्याटेगोरी : कला शैली, समाचार

    प्रतिक्रिया दिनुहोस