पछिल्लो २४ घण्टामा देशभर ८,८५० सङ्क्रमित, ८८ काे निधन
पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का आठ हजार ८५० सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १८ हजार ७८७ पिसिआर र ६०० एन्टिजेन परीक्षण गरिएको जानकारी दिनुभयो । नेपालमा तीन लाख ९४ हजार ६६७ सङ्क्रमित रहेका छन् ।
देखिएका सङ्क्रमितमध्ये सबभन्दा बढी ३० देखि ३९ वर्ष उमेर समूहका दुई हजार ३८ जना छन् । यस्तै सङ्क्रमित निको भई चार हजार २२ घर फर्किएका छन् । अहिलेसम्म तीन लाख दुई हजार ७८७ निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ७६.७ प्रतिशत छ ।
८८ को निधन
यस्तै सङ्क्रमणबाट ८८ को निधन भएको छ । निधन भएका सङ्क्रमित सङ्ख्या सबभन्दा बढी हो । मन्त्रालयका प्रवक्ता डा गौतमले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमी) को तथ्याङ्कमा नेपाली सेनाले शव व्यवस्थापन गरेको आधारमा आज निधन हुनेको सङ्ख्या ८८ पुगेको जानकारी दिनुभयो । निधन हुनेसँगै नेपालमा अहिलेसम्म तीन हजार ७२० पुगेको छ ।
यस्तै पाँच सय बढी सङ्क्रमण भएका जिल्ला २६ पुगेका छन् । प्रवक्ता डा गौतमका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, महोत्तरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ, नुवाकोट, कास्की, गोरखा, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत,कैलाली, कञ्चनपुर र वैतडी रहेका छन् ।
आइसियुमा ८३२ र भेन्टिलेरमा २६७
यसैगरी सङ्क्रमितमध्ये ८३२ सघन उपचार कक्ष (आइसियु) र २६७ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । प्रदेश नंं १ मा ११३, प्रदेश नं २ मा ६०, वाग्मती प्रदेशमा ४४३, गण्डकी ६१, लुम्बिनी ८६, कर्णाली ३३ र सूदुरपश्चिम ३६ आइसियुमा रहेका छन् । यस्तै प्रदेश नंं १ मा १७, प्रदेश नं २ मा ३७, वाग्मती प्रदेशमा १५७, गण्डकी १३, लुम्बिनी २१, कर्णाली ११ र सूदुरपश्चिम ११ भेन्टिलेटर रहेका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस