• जीवनशैली | Jiwanshaili
  • दाङमा पाँच सङ्क्रमितको मृत्यु


    दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत पाँच सङ्क्रमितको आइतबार मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक दोर्ण ओलीका अनुसार घोराही उपमहानगरपालिकाका–२, तुलसीपुर उपमहानगरपालिका, बबई र दंगीशरण गाउँपालिकाका एक/एक जनाको मृत्यु भएको छ ।

    दाङको दंगीशरण गाउँपालिका वडा नं। ६ निवासी ५३ वर्षीया महिलाको आइतबार साँझ पौने ५ः०० बजेतिर मृत्यु भएको हो । उनी यह वैशाख २४ गते अस्प्तालमा भर्ना भएकी थिइन् । त्यस्तै तुलसीपुर–७ निवासी ५८ वर्षीया महिलाको पनि साँझ पौने ५ः०० बजेतिर मृत्यु भएको हो । उनी यह वैशाख १९ गतेदेखि अस्पतालमा उपचाररत थिइन् ।

    त्यस्तै घोराही–१४ निवासी ५९ वर्षीय पुरुषको आइतबार साँझ सवा ५ः०० बजेतिर निधन भएको हो । उनी यह िवैशाख २४ गतेदेखि उपचाररत थिए । त्यस्तै घोराही–७ निवासी ४१ वर्षिय पुरुषको आइतबार दिउँसो साढे १२ः०० बजे निधन भएको हो ।

    यस्तै बबई गाउँपालिकाका–४ निवासी २७ वर्षीया महिलाको राति साढे १२ः०० बजेतिर निधन भएको हो । ति महिला शनिबार मात्रै आईसियुमा उपचाररत थिइन् । अन्य चारजना भने एचडियू कक्षमा उपचाररत थिए । उनीहरु सबैमा कोरोनासँगै निमोनिया र श्वाशप्रश्वासमा समेत समस्या रहेको थियो ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस