• जीवनशैली | Jiwanshaili
  • वडाअध्यक्षको कोरोना संक्रमणबाट मृत्यु


    धनुषामा एक जनप्रतिनिधिको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

    धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बिनोद कुमार मण्डलको कोरोनाको कारण मृत्यु भएको मिथिला विहारी नगरपालिकाका नगर प्रमुख अनिलकुमार यादवले जानकारी दिए ।
    वडा अध्यक्ष विनोद कुमार मण्डललाई करिब दुई साताअघि ज्वरो, रुघाखोकी सहितको लक्षण देखिएपछि गाउँमै औषधी सेवन गरी निको भएका थिए ।तर, निको भएको दुई दिनपछि उनी पुनः विरामी परेको नगर प्रमुख यादवले बताए । त्यसपछि उनको उपचार धनुषा अस्पतालमा भएपछि निको भई घर फर्केका थिए ।

    त्यसको केहि दिनपछि वडा अध्यक्ष मण्डललाई श्वासप्रश्वासमा समस्या आउन थालेपछि उनको उपचार चन्द्रकला देवी अस्पतालको आईसियु कक्षमा भर्ना गराइएको थियो ।

    तर, आज विहान वडा अध्यक्ष मण्डलको मृत्यु कोरोना संक्रमणकै कारण मृत्यू भएको नगर प्रमुख यादवले बताए ।

    वडा अध्यक्ष मण्डल जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित भएका थिए ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस