• जीवनशैली | Jiwanshaili
  • चलचित्र निर्देशक चेतन कार्कीको काेराेनाकाे कारण निधन


     

    चलचित्र निर्देशक एवम् गितकार साहित्यकार चेतन कार्कीको निधन भएको छ ।
    कोरोना संक्रमण भएपछि छाउनीस्थित अस्पतालमा उपचाररत उनको ८४ बर्षको उमेरमा निधन भएको हो । उनको आज बिहान १० बजे उपचारका क्रममा निधन भएको हो । उनी नेपाली चलचित्रका सफल निर्देशक, लेखक, गीतकार समेत हुन ।

     

    चेतन कार्कीले ‘विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी’ लगायतका चलचित्र निर्देशन गरेका थिए । साथै, उनले सय भन्दा बढी चलचित्रका कथा समेत लेखेका छन् । उनले चलचित्र ‘परिवर्तन’देखि चलचित्र लेखनको काम सुरु गरेका थिए ।

     


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस