१ लाख संक्रमित घरमै
देशभर १ लाख २ हजार ४ सय ५५ कोरोना संक्रमित घरमै छन् । सरकारले उनीहरूको अवस्थाबारे चासो नदिएको समेत पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा बसेकाको सन्दर्भमा ठोस योजना अघि सार्न सकेको छैन । कतिपय संक्रमित र उनीहरूका आफन्तमा पर्याप्त परामर्श व्यवस्था नहुँदा मानसिक समस्यासमेत देखिन थालेको छ ।
स्वास्थ्य मन्त्रालयले २० जेठ २०७७ मा कोभिड–१९ आइसोलेसन व्यवस्थापन निर्देशिका जारी गरेको थियो । होम आइसोलेसन बस्दा हावा खेल्ने तथा प्रकाश पर्याप्त आउने छुट्टै कोठामा बस्ने व्यवस्था मिलाउन, उपचार अवधिभर बाहिर ननिस्किन र आवश्यक सामग्री परिवारका सदस्यमार्फत मगाउनुपर्ने निर्देशिकामा उल्लेख छ ।
निर्देशिकाअनुसार प्रत्येक दिन कम्तीमा तीनपटक ज्वरो जाँच गरी रेकर्ड राख्ने, हरेक दिन दुईपटक स्वास्थ्य अवस्थाबारे सम्बन्धित स्वास्थ्यकर्मीलाई फोन वा एसएमसमार्फत जानकारी गराउनुपर्छ । तर, यो अवस्था कार्यान्वयनमा आउन भने सकेको छैन ।
त्यस्तै, होम आइसोलेसन बस्दा भाँडाकुँडा, कपडा धुन पञ्जा लगाउनुपर्ने उल्लेख छ । घरमा रहेका बिरामी नियमित अनुगमन गर्ने भनिए पनि त्यसो हुन सकिरहेको छैन ।
राजधानि दैनकिबाट
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस