भुटानी शरणार्थीद्वारा स्वास्थ्य सामग्री प्रदान
तेस्रो मुलुक पुनर्वास भएका भूटानी शरणर्थीहरुले कोरोना सङ्क्रमितहरुका लागि चाहिने स्वास्थ्य सामग्री सहयोग गरेका छन् । यहाँस्थित दमक अस्पताल कोभिड विशेष उपचार केन्द्रलाई पिपइ, अक्सिजन नाप्ने पल्स अक्सिमिटर, सेनिटाइजर, मास्कलगायतका सामग्री प्रदान गरिएको हो ।
दमकको बेलडाँगी भुटानी शरणार्थी शिविरका पूर्वसचिव टीकाराम रसाइलीको अगुवाइमा ‘आँसु पुछौँ’ नामक सहयोगी संस्थामार्फत रु एक लाख मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको शरणार्थी शिविरका अर्का पूर्वसचिव युवराज राईले बताए।
यस्तै संस्थाले अस्पतालमा खटिने प्रहरी, दमक वडा नं २ र ३ का जनप्रतिनिधिलाई स्यानिटाइजर जस्ता स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराएको छ । सामग्री हस्तान्तरण गर्दै फेन्स क्लब बीआरसीका अध्यक्ष तथा पूर्व शिविर सचिवसमेत रहेका राईले कोरोना सङ्क्रमितको उपचारमा चाहिने भेन्टिलेटर मेसिन खरिद गर्नका लागि रु १० लाख जम्मा गर्ने कार्य भइरहेको जानकारी दिए ।
यसअघि शरणार्थी बसोबास गरिएको खाली क्षेत्रमा गत वर्ष एचडीयूसहितको ३० शय्याको कोभिड अस्पताल निर्माण गरिएको नगरपालिकाले जनाएको छ । अहिले त्यस अस्पतालमा शरणार्थीसहित दुई दर्जन सङ्क्रमित उपचाररत रहेको नगर स्वास्थ्य शाखाका बद्री बरालले बताए ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस