आइसीयू अभावमा वृद्धको मृत्यु
hospital recovery patient single room with fully furnished with a female patient with saline unit on bed
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ का ८१ वर्षीय कोरोना सङ्क्रमित वृद्धको सोमबार निधन भएको छ । कोरोना सङ्क्रमणसँगै निमोनियाबाट ग्रस्त वृद्धको आइसीयूमा उपचार गर्नुपर्ने भए पनि आइसीयूको व्यवस्था नहुँदा मृत्यु भएको हो । स्थानीय जिपी कोइराला अस्पतालको आइसोलेशनमा उपचाररत वृद्धको निधन भएको हो । अवस्था नाजुक हुँदै गएपछि विभिन्न अस्पतालमा आइसीयू सेवाका लागि पहल गरे पनि कतैबाट सहयोग नहुँदा आइसोलेशनमा नै निधन भएको केन्द्रले जनाएको छ । अस्पतालका कार्यकारी प्रमुख डा श्रेष्ठले आइसीयू अभावमा बिरामीले ज्यान गुमाउनुपरेको बताए ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस