हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण
वाग्मती प्रदेशको राजधानी हेटौँडामा रहेको हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको काम शुरु हुने भएको छ । अक्सिजन प्लान्ट निर्माणका लागि मङ्गलबार अस्पताल र उद्योग सङ्घ हेटौँडाबीच सम्झौता भएको हो ।
प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको रोहवरमा यही जेठ १६ गतेभित्र निर्माण शुरु हुने गरी सम्झौता भएको हो । सम्झौतापत्रमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार एवं हेटौँडा अस्पताल सञ्चालन, व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईँ र उद्योग सङ्घ हेटौँडाका अध्यक्ष लेखराज पोखरेलले हस्ताक्षर गरे ।
प्लान्ट निर्माण रु एक करोड ३० लाखमा सम्पन्न हुने अनुमान सङ्घले गरेको छ । प्लान्ट निर्माणको संयोजन उद्योग सङ्घले गर्ने र आर्थिक जोहो सङ्घसँग आबद्ध उद्योगीहरुले गर्ने सङ्घले जानकारी दिएको छ ।
जेठ १६ गतेसम्ममा ठेकेदारलाई प्लान्ट निर्माणको जिम्मेवारी दिने र त्यसको करिब २०/३० दिनभित्र प्लान्ट जडान भइसक्ने सङ्घका अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । प्लान्टले दैनिक २०० सिलिण्डर अक्सिजन आपूर्ति गर्नसक्ने उनले बताए ।
यसैबीच मकवानपुरमा कोभिड–१९ सङ्क्रमितको उपचारका लागि अक्सिजन अभाव हुन थालेपछि हेटौँडा उपमहानगरपालिकाले दैनिक १०० सिलिण्डर अक्सिजन ल्याउने अभियान शुरु गरेको छ ।
कोरोना सङ्क्रमणको दर बढिरहेकाले हेटौँडा अस्पतालमा उपचाररत बिरामीलाई सघाउ पु¥याउने उद्देश्यले सो अभियान चालिएको उपमहानगरपालिकाले जनाएको छ । प्रत्येक दिन उपमहानगरपालिकाको आर्थिक लगानीमा १०० सिलिण्डर अक्सिजन भरेर अस्पतालमा उपलब्ध गराइने छ । पछिल्लो समय उपमहानगरपालिकामा अक्सिजन चाहिने सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि स्थानीय सरकारले पहलकदमी बढाएको हो ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस