कोरोना सङ्क्रमितको मृत्युपछि निःशुल्क दाहसंस्कार
म्याग्दीमा कोरोना सङ्क्रमितको मृत्यु भएपछि नेपाल रेडक्रस सोसाइटीको पहलमा निःशुल्क दाहसंस्कार गर्न थालिएको छ । वैशाख यता कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको शव रेडक्रस सोसाइटी म्याग्दी शाखाका उपमन्त्री तथा रेडक्रसद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रका संयोजकसमेत रहेका सुरत केसीको नेतृत्वमा चारजना युवाले स्वास्थ्य सावधानीका मापदण्ड पूरा गरी निःशुल्क दाहसंस्कार गर्न थालेका हुन् ।
मृतकका आफन्तसँगको समन्वयमा केसीसँगै आनन्द रिजाल, जनक सोनाम र केशर शेरपुञ्जाले निःशुल्क रुपमा दाहसंस्कार गर्दै आउनुभएको छ । अहिलेसम्म बेनी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएका दुईजना सङ्क्रमितसहित पोखरामा मृत्यु भएर बेनीमा ल्याइएका समेत गरी पाँच वटाको शव बेनीस्थित कालीगण्डकी र म्याग्दी नदीको दोभान रहेको दोबिल्ना घाटमा व्यवस्थापन गरिसकिएको केसीले बताए ।
“पिपिई लगायतका सामग्री रेडक्रसले व्यवस्थापन गरेको छ, हामीले पारिश्रमिक नलिईकन स्वयम्सेविका रुपमा सहयोग गरेका हौँ, जोडरले खाडल खन्नुपर्ने अवस्थामा त्यो खर्च स्थानीय तहले व्यवस्थापन गरिदिएका छन्”, केसीले भने । केसीलाई जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले शव व्यवस्थापन संयोजक तोकेको थियो ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस