बिहे भोजपछि फैलिएको कोरोनाले दुईको मृत्यु
गुल्मीको कालीगण्डकीमा बिहेभोजपछि फैलिएको कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ७४ जनामा सङ्क्रमण देखिएको छ । कालीगण्डकी गाउँपालिका–५ मा गत वैशाख १८ गते गरिएको बिहे भोजपछि गाउँलेलाई कोरोनाका मिल्दाजुल्दा लक्षण देखिन थालेका थिए । स्थानीय जीवनदार माध्यमिक विद्यालयको शिक्षकसमेत रहनुभएका ५० वर्षीय पुरुषले १७ गते छोराको विवाह गरादिए ।
दुलही लिन स्याङ्जाको गल्याङ नगरपालिकाको कपर्दीमा वडासदस्य बमबहादुर पहराईसहित ३० जनाको समूह जन्ती बनेर गयो । सरकारले वैशाख १४ गते नै विद्यालय बन्द गरेर २५ जनाभन्दा बढी जम्मा नहुन आग्रह ग¥यो । प्रशासन कार्यालयले पनि त्यसभन्दा पहिले नै पटक–पटक सूचना जारी गर्दै २५ जनाभन्दा बढी जम्मा नहुन आग्रह ग¥यो । कालीगण्डकी–५ का जनप्रतिनिधि र स्वयं परिवारले उक्त आग्रह मानेनन् ।
वैशाख १८ गते कालीगण्डकीको वडा नं ३, ४ र ५ का गरी ५०० जति सामूहिक भोजमा सहभागी भए । भोजमा कालिगण्डकीका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षलाई पनि निमन्त्रणा थियो । अध्यक्ष, उपाध्यक्ष जानुभएन । वडाध्यक्ष आफू जानु भएन, परिवारलाई भोजमा पठाए । बिहेको चार÷पाँच दिन अगाडि सामग्री किन्नका लागि दुलाहाका बुबा सुनौली गएको वडासदस्य पहराई बताए ।
वैशाख २१ गतेपछि शिक्षकलाई ज्वरो आउने, रुघा लाग्नेलगायतका समस्या देखिन थाल्यो । थप उपचारका लागि परिवार र छिमेकीले बुटबल जान भने पनि उनले मान्नु भएन । वैशाख २८ गते पुर्तिघाट स्वास्थ्यचौकीमा जाँच गराउन जानुभयो । एन्टिजेन्ट जाँच गराउँदा पोजेटिभ आएपछि पिसिआरका लागि स्वाब सङ्कलन गरेर तम्घास पठाइयो । यही जेठ १ गते १०ः०० बजेपछि श्वासप्रश्वासमा समस्या देखियो भने होस गुमेजस्तो भयो ।
पुर्तिघाट स्वास्थ्यचौकीमा अक्सिजन नपाएपछि मिर्मिस्थित एक निजी अस्पतालमा लगियो । सोही दिन राति अस्पतालले मृत्युको घोषणा गरिदियो भने पिसिआर रिपोर्ट पोजेटिभ भएको जानकारी आयो । केही दिनदेखि कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि स्थानीय ५६ वर्षीया महिलाको पिसिआरका लागि स्वाब लिई परीक्षणका लागि तम्घास पठाइएको थियो । उहाँ १८ गतेको बिहेभोजमा सहभागी थिए । जेठ १ गते नै साँझपख बिहे भोजमै सहभागी भएकी उहाँलाई श्वासप्रश्वासमा समस्या देखियो । थप उपचारका लागि पुर्तिघाट ल्याए पनि ज्यान गएको वडासदस्य बोमबहादुरले बताए ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस