बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु
बाँकेका बिभिन्न अस्पतालमा उपचाररत २८ वर्षीया महिलासहित थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा सात र शिक्षण अस्पताल कोहलपुरमा एक गरी आठ सङ्क्रमित बिरामीको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
उनका अनुसार भेरी अस्पतालमा उपचाररत डुडुवा गाउँपालिका–५ बाँके निवासी २८ वर्षीया महिला, खजुरा गाउँपालिका–३ निवासी ८५ वर्षीय पुरुष, बाँसगढी नगरपालिका–४ बर्दिया निवासी ४२ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका–३ दाङ निवासी ६५ वर्षीय पुरुषको गए राति उपचारका क्रममा कारण मृत्यु भएको हो ।
यसैगरी भेरी अस्पताल नेपालगञ्जमै उपचाररत बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ४५ वर्षीय पुरुष, घोडाघोडी नगरपालिका–४ कैलाली निवासी ४५ वर्षीय पुरुष र गुलरिया नगरपालिका–४ बर्दिया निवासी ६१ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।
शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा राप्तीसोनारी गाउँपालिका–६ बाँके निवासी ५४ वर्षीय पुरुषको आज बिहान १ः२० बजे मृत्यु भएकोे छ । यससँगै कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका २१४ र जिल्लाकै २५६ गरी ४७० जनाको मृत्यु भइसकेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताए ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस