खेतमै कुहियो खर्बुजा
धनगढी – कोरोना महामारीका कारण बजार बन्द भएपछि सर्लाहीमा किसानहरुले उत्पादन गरेको खर्बुजा कुहिने अवस्थामा पुगेको छ । बरहथवा नगरपालिका ७ मा करिब रु १५ लाखको खर्बुजा बिक्री गर्न नपाएको किसान विशालराज गिरीले गुनासो गरे ।
गिरीले राम्रो उत्पादन र आम्दानीको आशमा डेढ बिघा जमिन भाडामा लिएर खर्बुजा खेती गर्नुभएको थियो । खेतमा उत्पादन भएको खर्बुजा बिक्री गर्ने समयमा निषेधाज्ञा लागेपछि किसान मारमा परेका हुन् ।
“बजार सबै बन्द छ, आफैँले खाएर सक्ने कुरा पनि होइन, खर्बुजा बिक्री नभएपछि खेती गर्दाको रु ३ लाख २५ हजार ऋण कसरी तिर्ने भन्ने चिन्ताले आफुलाई सताउन थालेको छ”, गिरी भन्छन् । गिरीले बिघाको वार्षिक रु ७५ हजारमा जग्गा भाडामा लिएका हुन् । गिरीले इजरायली ५ जातका खर्बुजा लटरम्मै फलाएकाेमा थरी साढे ३ र अर्को ५ किलोसम्मका छन् । उनका अनुसार उत्पादन भएको ७० क्विन्टल खर्बुजा खेतमा अलपत्र परेको छ । वैशाखको पहिलो साताबाटै खर्बुजा बिक्रीका लागि तयार भएको थियो ।
खेतमा रहेको खर्बुजा जेठ अन्तिमसम्म बिक्री नभए कुहिने भन्दै जिल्लाका किसान समस्यामा परेका छन् । जिल्लामा कोरोेना सङ्क्रमण नियन्त्रणका लागि वैशाख २५ गते राति १२ बजेदेखि जारी निषेधाज्ञा जेठ १० गते राति १२ बजेसम्मका लागि लम्ब्याइएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस