अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण
नेपाली कांग्रेस शुक्लाफाँटा नगर कार्यसमितिले बिहीबार पल्स अक्सिमिटर र अक्सिजन कन्सन्ट्रेटर मेसिन शुक्लाफाँटा नगरपालिकालाई हस्तान्तरण गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकालाई समितिका सभापति जयबहादुर बिष्टले प्रमुख दिलबहादुर ऐरलाई अक्सिमिटर र कन्सन्ट्रेटर हस्तान्तरण गरे ।
नगरपालिकालाई आठ थान अक्सिमिटर र तीन थान कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको हो । विश्वव्यापी महामारीका रूपमा फैलिएको दोस्रो भेरियन्टको कोरोना भाइरसबाट सङ्क्रमितलाई अक्सिजनको अभाव हुन नदिन सामग्री हस्तान्तरण गरिएको विष्टले बताए ।
सामग्री ग्रहणपछि प्रमुख ऐरले नगरले सञ्चालन गरेको कोभिड अस्थायी अस्पतालमा उपचारमा रहेका बिरामीका लागि ती सामानको सदुपयोग गरिने बताए । नगरपालिकालाई उपलब्ध गराईएका सामग्री नेपाली काँग्रेसका केन्द्रिय सदस्य नारायण प्रकास (एनपी) साउदको पहलमा उपलब्ध गराईएको सभापति बिष्टले जानकारी दिए ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस