अक्सिजन प्लान्टका लागि रु ७५ लाख
प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतको सांसद विकास कोष र सूर्यविनायक नगरपालिकाको बजेटमा निर्माण भई सञ्चालनको तयारीमा रहेकोे सूर्यविनायक नगर अस्पतालमा अक्सिजन प्लान्ट जडान हुने भएको छ ।
सूर्यविनायक नगरपालिका–८ जगातीमा भवन निर्माण सम्पन्न गरी सञ्चालनको अन्तिम तयारीमा रहेका ५० शय्याको नवनिर्मित सूर्यविनायक नगर अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न सरकारले बिहीबार रु ७५ लाख बजेटको व्यवस्था गरेको छ । नेकपा (एमाले)का युवानेता एवं सांसद बस्नेतले बिहीबार अर्थ र स्वास्थ्य मन्त्रालयमा छलफल गरी अक्सिजन प्लान्ट सञ्चालनका लागि उक्त बजेटको व्यवस्था गर्नुभएको हो ।
उनले भने, “कोभिड–१९ को दोस्रो लहरको महामारीमा सञ्चालनमा आउन लागेको नगर अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट जडान गर्नुपर्ने आवश्यकता देखेर मैले पहल गरेँ, आजै रु ७५ लाखको बजेट व्यवस्थापन गर्ने निर्णय भयो, अब छिट्टै अक्सिजन प्लान्ट पनि शुरु हुन्छ ।” यसअघि उहाँकै पहलमा यस अस्पताललाई आइसीयू र भेन्टिलेटर सञ्चालनका लागि रु एक करोड ५० लाख बजेटको व्यवस्था गरेका थिए ।
बस्नेतले भने, “केही दिनअघि मात्रै अर्थमन्त्री, स्वास्थ्यमन्त्री र सचिवहरूसँग छलफल गरेर भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्क निर्माण गर्न भक्तपुर अस्पताललाई रु तीन करोड ८० लाख, नेपाल–कोरियामैत्री नगरपालिका अस्पताललाई रु तीन करोड १२ लाख ७० हजार र सूर्यविनायक अस्पतालका लागि समेत गरेर सङ्घीय सरकारबाट रु आठ करोड एक लाख ७० हजार बजेट व्यवस्था गरेको थिएँ, थप बजेटको व्यवस्था गरियो, जनताको स्वास्थ्य र सुरक्षाका लागि जनप्रतिनिधिको हैसियले सक्दो प्रयास गर्छु ।” उनले भक्तपुरका जनताले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था नआओस् भनेर आफू लागिरहेको बताउँदै यो सङ्कटको बेलामा विरोध गर्नेभन्दा पनि सहयोगको हात फैलाउनुपर्ने बताए ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस