कोरोनाका कारण माओवादी केन्द्रको प्रदेश कमिटी सदस्यको निधन
कोरोनाका कारण नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को लुम्बिनी प्रदेश कमिटी सदस्य हरिहरा घर्तीमगरको ज्यान गएको छ । घर्तीको आज बिहान ५ बजे दाङ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा निधन भएको हो ।
माडी गाउँपालिका–५ भावाङ स्थायी ठेगाना भई घर्तीगाउँ बजारमा अल्लो व्यवसाय गर्दै आएकी घर्ती कृषि सहकारीलगायत सङ्घसंस्थामार्फत सामाजिक सेवामा पनि आबद्ध हुनुहुन्थ्यो । कोरोना सङ्क्रमणपछि उनलाई गत जेष्ठ ४ गते रोल्पा अस्पतालमा भर्ना गरिएको थियो । रोल्पा अस्पतालमा उपचार सम्भव नभएपछि जेठ ६ गते दाङ बेलझुण्डीस्थित कोरोना अस्पतालमा सिफारिश गरिएको थियो । बेलझुण्डी कोरोना विशेष अस्पतालमा उपचाररत घर्तीको आज बिहान ५ बजे मृत्यु भएको नेकपा ९माओवादी केन्द्र०का जिल्ला कमिटी सदस्य मानसिंह विकले जानकारी दिए ।
कोरोनाको दोस्रो लहरसँगै रोल्पामा मृत्यु हुने घर्ती हालसम्मकै उच्च तहको राजनीतिक नेतृ हुनुहुन्छ । यससँगै रोल्पामा कोरोनाको दोस्रो लहरबाट १० जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रशासन कार्यालय रोल्पाले दिएको जानकारीअनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५३८ रहेको छ । तीमध्ये ८३ जिल्लाभित्र रहेका विभिन्न आइसोलेशनमा रहेका छन् भने ४५० जना होमआइसोलेशनमा रहेका छन् । सङ्क्रमितमध्ये ६५ निको भइसकेका छन् । जिल्लामा आइसीयू र भेन्टिलेटरको व्यवस्था भने हालसम्म हुनसकेको छैन । जिल्ला अस्पतालका साथै सबै स्थानीय तहहरुले आइसोलेशन स्थापना गरे पनि अक्सिजन सिलिण्डरको समस्या देखिँदै आएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस