स्वास्थ्य सामाग्री महङ्गोमा बिक्री गर्ने मेडिकल सिल
वाग्मती प्रदेशको राजधानी हेटौँडामा बजारमा मूल्यभन्दा दोब्बरमा स्वास्थ्य सामग्री बेचेको आरोपमा एक मेडिकल सिल गरिएको छ । शुक्रबार जिल्ला प्रशसन कार्यलय मकवानपुरले गरेको अनुगमनमा मेडिकलले अक्सिमिटर बजार मुल्य भन्दा निकै महङ्गोमा बिक्री गरेको जनाउदै राप्तीरोडमा रहेको ‘सान्वी मेडिको’ मेडिकल सिल गरेको हो ।
साथै मेडिकलका स्वास्थ्यकर्मी हेटौंडा–७ की २५ वर्षीया नीशा आचार्य र हेटौंडा–९ की १८ वर्षीया मनिता मल्ललाई नियन्त्रणमा लिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा सहित उपभोक्ता हित तथा संरक्षण मञ्च सहितको टोलीले अनुगमन गरेको थियो । सिल गरिएको मेडिकललाई कालोबजारी अन्तर्गतको मुद्धा चलाइने जनाइएको छ । उनीहरुलाई सोधपुछको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर लगिएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस