भारतमा एक दिनमा साढे दुई लाख सङ्क्रमित, चार हजारको बढीको मृत्यु
एजेन्सी – भारतमा पछिल्लो २४ घण्टामा थप साढे दुई लाखभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार दुई लाख ५७ हजार २९९ जना सङ्क्रमित भएका हुन् ।
भारतमा सोही अवधिमा थप चार हजार १९४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा भारतमा तीन लाख ५७ हजार ६३० जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।
भारतमा अहिलेसम्म कुल दुई करोड ६२ लाख ८९ हजार २९० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको तथ्यांक छ । ती मध्ये २९ लाख २३ हजार ४०० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म दुई लाख ९५ हजार ५२५ जनाको मृत्यु भएको छ । तर सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या भने दुई करोड ३० लाख ७० हजार ३६५ पुगेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस