कोरोनाको कारण कांग्रेसका क्षेत्रीय सचिवको निधन
नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रीय सचिव सुदर्शन ऐरको ५२ वर्षको उमेरमा कोरोना सङ्क्रमणका कारण गए राति निधन भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा उनको निधन भएको हो ।
गत वैशाख २८ गते पिसिआरको नतिजा पोजेटिभ आएपछि घरमै आइसोलेशनमा बस्दै आएका ऐरलाई तीन दिनअघि मात्रै स्वास्थ्यमा समस्या बढ्दै गएपछि अस्पताल भर्ना गरिएको थियो । शुक्लाफाँटा नगरपालिका–९ सिसैया स्थायी घर भएका ऐर परिवारसहित कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा बसोबास गर्दै आएका थिए ।
युवाबीच ऐर लोकप्रिय नेताका रुपमा स्थापित थिए । ऐरका श्रीमतीसहित एक छोरा र एक छोरी छन् । ऐरको निधन भएपछि सिङ्गो पार्टी जिल्ला समिति शोकमग्न भएको छ । नेपाली कांग्रेस शुक्लाफाँटाका नेता तेज शाहले उनको निधनले पूरै पार्टी स्तब्ध भएको बताए ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस