• जीवनशैली | Jiwanshaili
  • कोरोना संक्रमणबाट डीएसपी खरेलको निधन


    काठमाडौं । कोरोनाका कारण नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) समीरचन्द्र खरेलको निधन भएको छ । प्रहरी अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा खरेलको सोमबार निधन भएको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।

    संयुक्त राष्ट्र संघको शान्ति मिसनमा गएर फर्किएका उनी पछिल्लो समय प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थिए । यसअघि प्रहरी अस्पतालमै काठमाडौं प्रहरीका डीएसपी राजकुमार केसीको उपचारका क्रममा मृत्‍यु भएको थियो ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस