• जीवनशैली | Jiwanshaili
  • अभिनेता तथा ज्योतिष हरिहर अधिकारीलाई पितृशोक


    काठमाडौंँ । फिल्म ‘शुभलभ’ का नायक तथा युवा ज्योतिष हरिहर अधिकारीलाई पितृशोक परेको छ । उनका पिता रामबहादुर अधिकारीको कोरोनाका कारण सोमबार निधन भएको हो ।

    करिब तीन सातादेखि कोरोनासँग संघर्षरत रामबहादुरको नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा निधन भएको हो । कीर्तिपुर निवासी हरिहरको पुरै परिवार कोरोना संक्रमित भएका थिए । रामबहादुर पनि ज्योतिष विधामै सक्रिय थिए ।


    क्याटेगोरी : कला शैली, समाचार

    प्रतिक्रिया दिनुहोस