कमेडीमा नेपालको विश्व किर्तिमान
काठमाडौं । नेपालमा कमेडी क्षेत्रमा नयाँ पहिचानको शुरुवात गरेको ‘नेपग्याजम कमेडी’ समूहले कमेडीमा विश्व कीर्तिमान कायम गर्दै ‘गिनिज बुक अफ वल्ड रेकर्ड’मा नाम लेखाएको छ।
‘नेपग्याजम कमेडी’ समूहले २० वैशाख मे ३, २०२१ का दिन विश्वकै सबैभन्दा उच्च शिखर सगरमाथाको कालापत्थरमा पुगेर स्ट्यान्डअप कमेडी प्रस्तुत गरेको थियो। सो समूहका दुई कलाकारले ५,६४३ मिटरको उचाइमा स्ट्यान्डअप कमेडी प्रस्तुत गरेका हुन् ।
‘प्रदूषणरहित समाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेपग्याजमको चाहना’ भन्ने नारासहित कमेडी प्रस्तुतिका लागि नेपग्याजमले गिनिज बुक अफ वर्ल्ड रेकर्डबाट अनुमति लिएर नेपग्याजम मिडिया एण्ड प्रडक्सन प्रालिले कालापत्थरमा स्ट्यान्डअप कमेडी आयोजना गरेको प्रालिका निर्देशक सन्तोष देवकोटाले जानकारी दिए।
‘सो क्रममा विश्व कीर्तिमान राख्नका लागि समूहका संस्थापक कमेडी कलाकार उमेशकुमार गौतम ९यूकेजी० र लेखमणि त्रिताल ९रमेश अंकलको छोरो० ले आफ्नो कमेडी कला प्रस्तुत गरेका थिए। कार्यक्रमका लागि उनीहरुले स्वस्थ मनोरञ्जनात्मक सामग्री समेटिएको तीस तीस मिनेटको दुईवटा स्ट्याण्डअप कमेडी प्रस्तुत गरेको नेपग्याजमका संस्थापक निर्देशक शरद श्रेष्ठले जानकारी दिए ।
यसअघि यही विधामा इटालियन नागरिक पाउलो फ्रानसेस्चिनीले २५ अप्रिल २०१९ मा सगरमाथा आधारशिविर ५,२७० मिटरमा स्ट्यान्डअप कमेडी गरेर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाएका थिए । नेपग्याजमको यो नयाँ रेकर्डसँगै पाउलोले कायम गरेको रेकर्ड तोडिएको छ । कार्यक्रमका लागि कोरोना महामारीका बीच आठ जनाको टोली कालापत्थर पुगेको नेपग्याजमले जनाएको छ। नेपालको कलाकौशल विश्वस्तरमा फैलाउनु नै आफ्नो समूहको चाहना भएको र यसले मनोबल थप बढाएको नेपग्याजमले भनेको छ।
सो कार्यक्रमका लागि कलाकारसहितको नेपग्याजम समूहलाई सिम्रिक एयरको हेलिकप्टरले कालापत्थर लगेको थियो। जमिनको सर्वाधिक उचाईमा स्ट्याण्डअप कमेडी शो गरी विश्व किर्तिमान कायम गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको थियो।
क्याटेगोरी : कला शैली, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस