कोरोनाको नयाँ भेरियन्ट हावाबाट चाडै फैलिन्छ
काठमाडौं । हावाबाट छिटो फैलिने कोरोनाको नयाँ भेरियन्ट भियतनाममा फेला परेको छ । यो भेरियन्ट बेलायत र भारतमा भेटिएको भेरियन्ट समिश्रण भएर अझै बढी संक्रमक र सरुवा भएको विज्ञहरुले बताएका छन् ।
भियतनामा भेटिएको भेरियन्ट हावाबाट छिट्टै फैलिन सक्ने अधिकारीहरुले बताएका छन् । भाइरसहरु जुनसुकै बेला रुप परिवर्तन गरिरहने र कतिपय अवस्थामा रुप परिवर्तन भएर कमजोर हुने र हराएर जाने समेत हुन्छ । तर कतिपय भाइरसहरु भने रुप परिवर्तन भएर बलियो र बढी संक्रामक हुने गरेको अध्ययनहरुले देखाएका छन् ।
सन् २०१९ को डिसेम्बरमा कोभिड९१९ फेला परेको केही समयपछि नै सन् २०२० को जनवरी महिना मा नै यसका हजारौं परिवर्तित रुपहरु फेला परेका थिए । भियतनामा बेलायत र भारतको भेरियन्ट समिश्रण भएर बनेको नयाँ हाइब्रिड भेरियन्टका विषयमा सार्वजनिक रुपमै जानकारी दिएको जनाइएको छ ।
नयाँ भेयिन्ट हावाबाटै फैलिनै भएकाले बढी जोखिमपूर्ण रहेको छ । कोरोना विरुद्ध बनेका खोपहरु फाइजर र एस्ट्राजिनिकाको दुबै डोज लगाएकाहरुलाई भारतीय भेरिन्यन्टले खासै धेरै असर नगरेको अध्ययनहरुले देखाएका छन् ।
हालै भियतनामामा फेला परेको कोरोना विरुद्धको नयाँ भेरियन्टले विरामीहरुलाई कति बढी खतरापूर्ण छ र खोपले कस्तो काम गर्छ भन्ने विषय अध्ययनकै क्रममा रहेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस